बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नैतिकवान हुन जानिनँ

आइतबार, ०५ फागुन २०७५, १४ : ३८
आइतबार, ०५ फागुन २०७५

-प्रिति कार्की

नारी माथी कोरेका
सारा असमानताका  रेखा
कुल्चिएर  चल्छु ।

  छैन स्वीकार   मलाई
दोस्रो दर्जाको मानव हुन,
किनकि
म पनि  पुरुष समान  अधिकार बोकेर हिड्छु ।
तिमीले कोरेको चरित्रको सिमानाले
मेरो चरित्र  निर्धारण  गरे सम्म
हो म  तिम्रो नजरको  चरीत्रवान हुन सकिन ।

 मलाई मात्रै लागू हुने कानुन  कहिले मानिन
बतिस लक्षणको कसिमा
    कहिले  आफुलाई  कसिन ।
पढ्दिन  नारी शिक्षा  घुम्टो भित्र  पसेर
  दिन्न गर्न   राज कसैलाई  ,मेरो शरीर माथी
 म तिमिले खेल्ने गुडिया  हैन
   किनकी जिवित अस्तित्व  छ  मेरो त्यसैले
   हो म तिम्रो नजरको गुणवान  हुन जानिन  ।

 म बाचेको समाजले  भन्छ
घर भित्र  लुक्नु पर्छ ,
जीउ मात्रै  किन?  मुहारै छोप्नु पर्छ
 म पुरुषको निगरानीमा  बस्नु पर्छ। 
नत्र म फेरि कुनै
बलात्कारी को नजरमा पर्छु रे
बम्बाईको कोठीमा बेचिछु रे 
मेरो चरीत्र  लिलाम हुन्छ रे  ,
म फेरि बदनाम  हुन्छु रे
तर मेरो  अँखाले खुला आकाश  हेर्छ
सिमाहिन धर्ती  देख्छ ,
डरत्रासलाई चिर्न थाल्छ ,
फेरि पनि बाच्न खोज्छु स्वतन्त्र जीवन,
 हो त्यसैले म मर्यादावान हुन जानिन  ।

मेरो ईज्जत् सिसा सरी रे
कसैले छोईदिए दाग धब्बा  लाग्ने , 
मेरो जीवन  कठपुतली सरि रे,
  सधै तिम्रो  ईसारामा नाच्नु पर्ने ,
तिमी सधै स्वतन्त्र  पन्छी ,
अनि म?
 निति-नियमरूपी  पिंजडाको बन्दी।
तोड्दैछु म  यो पिंजडा ,
नकार्दैछु म माथि  लाग्ने
वाईयत लाल्छना
त्यसैले आफुलाई  तिम्रो  नजरकोको
 नैतिकवान  हुन  जानिन ।

मलाई यति सम्झाई देउ, 
खोलेर चेतनाका अँखाले
तिमी पुरुष जाती म नारी जाती
नयाँ सृष्टि-रचनामा 
बराबर छ   हिस्सादारी  ,
तर
फेरि पनि तिमी मेरो मालिक
म कसरी भएँ तिम्रो दासी ।
कदापि स्वीकार छैन यो  विभेद
छ म भित्र पनि विवेक,
 हो त्यसैले  तिम्रो  नजरको
ज्ञानवान  बन्न  सकिन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप