शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिको पक्षमा रंगियो सामाजिक सञ्जालः लालमण्डले जागेको बेला, कति छिट्टै पञ्चायत फर्केछ !

आइतबार, ०५ फागुन २०७५, १४ : ०९
आइतबार, ०५ फागुन २०७५

गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत युट्युबबाट हटे पनि यसको चर्चा अझै कायम छ ।

सरकार र सत्तामा व्याप्त बेथिति प्रति आलोचना गरिएको गीतमा प्रयोग भएका शब्द प्रति सत्तारुढ नेकपा निकट युवा संघ नेपाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले गीतको आलोचना गरेपछि गायक शर्माले शनिबार राती स्पष्टिकरण लेख्दै गीत युट्युबबाट हटाएका थिए ।

शर्माले गीत हटाएपछि सामाजिक सञ्जाल यतिबेला उनको पक्षमा रंगिएको छ । धेरैले दुई तिहाईको शक्तिशाली सरकार एउटा गीतबाट आत्तिएको भन्दै व्यङ्ग्य गरेका छन् भने गीतलाई हटाउन बाध्य पारिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भनेर अथ्र्याएका छन् ।

हेरौँ सामाजिक सञ्जालमा भेटिएका केही प्रतिक्रियाहरु :

नयनराज पाण्डे

यथार्थ पो लेख्न नपाउने होला । विकृति र विसंगतिको गीत पो गाउन नपाउने होला !  चिन्ता किन प्रिय स्रष्टाहरू ? भजन गाउन हामीलाई कसले रोक्छ ? लालिगुराँस, हिमाल र रून्चे पिरिमको गीत, कविता लेख्न र गाउन हामीलाई कौना माइका लालले रोक्छ ? यति भन्दै मेरो दुई शब्द यहीँ टुंग्याउँछु ।

प्रतिक प्रधान

किन रिसाएको ख्वामित ? यमराजको शासन भन्यो भनेर कि डेढ अर्बको हेलिकप्टर भनेर ? सके लुट रोक, नसके युट्युव छोप ।

उज्वल थापा

पशुपति शर्मा ज्यू, तपाईं गाउँदै गर्नु ! हामी सुन्दै गर्छौं । जो सुकै नेतृत्व भए पनि राज्यलाई औँलो ढड्याई राख्नु नागरिकको संवैधानिक अधिकार र जिम्मेवारी नै हो । नत्र के–को लागि गणतन्त्र ल्याउन यत्रो बलिदान दिनु नि ? हामी तपाईँका साथमा छौँ !

श्यामबाबु गौतम

हिजो शाही सेनाले – तिमी गीत गाउन त गाउ तर जनताको गीत नगाउ भन्दा जनताको गीत गाउँदै बलिदान दिने कृष्ण सेन ‘इच्छुक’ का पार्टीका साथीहरु सत्तामा पुगेपछि पशुपति शर्मालाई पनि गीत गाउन त गाउ तर ‘लुट्न सके लुट’ भन्ने गीत चै नगाउ भन्न थालेछन् ।

डम्बर खतिवडा

पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ युट्युबबाट हटाउन सरकारी मान्छेले दबाब र धम्की दिएको बुझियो । यो अभिव्यक्ति स्वतन्त्रता विरोधी भिजिलान्ते संस्कृतिको प्रतिरोध गरौँ ।

किशोर नेपाल

सरकारको चिन्ता मौलिक छ । रू ७८ लाखका पाठकलाई कसरी उन्मुक्तिदिने, यो प्यूसो पशुपतिलाई कतिसम्म दंग्याउने ? हामी मानिस हौं कि जन्तु हौँ ? यसको निक्र्यौल गर्नु अब जरूरी भो ।

नरेन्द्रजंग पिटर

उफ अरिंगाल मात्रै हैन, यो समय हो –लालमण्डलेहरू जागेको बेला । हे ज्ञानीजन – के तिमीहरूले मण्डले बिगबिगी देख्यौ ? भोग्यौ ? जस्ले पञ्चायतको चिहान खनेका थिए ।

गुणराज लुइँटेल

कति छिटै पञ्चायत फर्केछ । लोकतन्त्रमा सिर्जनाका लागि पनि डराउने दिन आए । पशुपति शर्माको लुट्न सके लुट् कान्छा अहिलेको समयको बोल हो । अनि नागरिक चेतनाको अभिव्यक्ति पनि हो ।

रत्नसंसार श्रेष्ठ

पशुपतिनाथले केही भन्दैनन्, त्यसैले किन डराउन आवश्यक परो तर पशुपति शर्माले गोप्य कुरा सबै सार्वजनिक गरेकोले डराएछन् ।

शिव दाहाल

पशुपति शर्माको एउटा गीतबाटै दुई तिहाई त्राही त्राही भएको हो र ?

अनमोल मणि

पशुपति शर्मालाई चिल्न नेकपाका ‘युवा’ नामका अरिंगाल भुन्भुनाउँदैछन् । उमेर युवा भएर के गर्नु विवेक भुत्ते भएपछि ।

तिर्थ प्रसाईं

गोलो पृथ्वीः

पंचायतः जीवन शर्मा जनताका गायक थे, ओली लुकीलुकी तिनका गीत सुन्थे, सङ्कटकालः प्रचण्डहरू लुकीलुकी जनताका गायक प्रदीप देवानहरूका गीत सुन्थे, सरकार गीतदेखि आँत्तिन्थ्यो, आजः प्रचण्ड–ओली सरकारमा छन्, सरकार गीतदेखि उसरी नै आत्तिन्छ ! जनता लुकीलुकी पशुपति शर्माका गीत सुन्छ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप