शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२०१९ का लागि घुम्नै पर्ने शहरमा काठमाडौं पाँचौं स्थानमा

आइतबार, ०५ फागुन २०७५, १४ : ०६
आइतबार, ०५ फागुन २०७५

सन् २०१९ मा घुम्नै पर्ने शहरमा काठमाडौं पाँचौ स्थानमा छ ।

चर्चित गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नै पर्ने १० शहरको सूची सार्वजनिक गरेको छ जसमा नेपालको काठमाडौं पाँचौ स्थानमा परेको छ ।

सन् २०१९ मा घुम्नै पर्ने शहरको सूचीको पहिलो स्थानमा डेनमार्कको केपेनहेगन रहेको छ । दोस्रो नम्बरमा चीनको सेन्झेन, तेस्रोमा सर्बियाको नोभी साड, चौथोमा युएसएको मायामी रहेको छ ।

यस्तै, छैटौं स्थानमा मेक्सिकोको मेक्सिको सिटी, सातौंमा सेनेगलको डकार, आठौंमा अमेरिकाको सिएटल, नवौंमा क्रोएशियाको जादार र १० औं स्थानमा मोरोक्कोको मेक्नेस रहेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा अवस्थित यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नैपर्ने देशका शहरको सूची तयार पार्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप