बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पैसाका लागि समझदारी आवश्यक, कामकाजी दम्पत्तीले ध्यान राख्नुहोस् यी पाँच कुरा

आइतबार, ०५ फागुन २०७५, १३ : ३४
आइतबार, ०५ फागुन २०७५

ओन्लीमाई हेल्थ

आजको समयमा कामकाजी दम्पत्तीले विवाहअघि नै आफ्नो पैसा, लगानी र खर्चबारे कुराकानी गर्ने गर्छन् तर थुप्रै जोडीका लागि पैसाको व्यवस्थापन त्यति सजिलो हुँदैन । पैसाको मामलामा पूर्ण इमान्दारी र पारदर्शीता अपनाउन अत्यावश्यक छ जुन आपसी सम्बन्ध, आर्थिक स्थिती र अन्य जीवन–स्थितीमा निर्भर हुन्छ । तपाईं आफ्नो पैसा छुट्टै वा एकमुष्ट खर्च गर्नुहोस्, थोरै समझदारीले सम्बन्ध र पुँजीलाई राम्रो तरिकाले सम्हाल्न सकिनेछ ।

मेरो वा तिम्रोः

केही दम्पत्ती आफ्नो पैसा जोइन्ट अकाउन्टमा राख्छन् भने कतिले आफ्नो बजेटलाई छुट्टै अकाउन्टमा राख्छन् । यो मानिसको व्यक्तिगत रुची र आपसी समझदारीको विषय हो । यी दुईबाहेक अर्को तेस्रो बाटो पनि छ जसले अघिल्ला दुई बाटोलाई सन्तुलित बनाउँछ । यसका लागि लक्ष्य निर्धारित गर्नुपर्छ र त्यसै आधारमा खर्च गर्नुपर्छ ।

हाम्रो पैसाः

यो तेस्रो वा बीचको बाटो के हो, थाहा पाउनुहोस् । जब थुप्रै जिम्मेवारी छन् भने एउटा जोइन्ट अकाउन्ट बनाउनुहोस्  र त्यसैबाट बिल तिर्ने गर्नुहोस् तर केही खर्च नीजि पनि हुन्छन् त्यसका लागि एउटा भिन्न अकाउन्ट बनाउन सक्नुहुन्छ । यसले बजेटिङ पनि सजिलो हुन्छ र नीजि स्वतन्त्रता र गोपनियता पनि कायम रहनेछ । जिम्मेवारीको बाँडफाँड यसरी गर्नुहोस्ः

जोइन्ट अकाउन्टबाट कस्ता बिल तिर्ने सुरुमै निर्णय गर्नुहोस्ः

आफ्नो र पार्टनरको खर्चको ढाँचा, बानी र व्यवहारमाथि नजर राख्नुहोस् । पार्टनरको खर्च गर्ने तरिका तपाईंलाई स्विकार्य छ ? त्यो पनि हेर्नुहोस् । यही कुराले भविष्यमा पैसाको विषयमा तपाईं दुईको सम्बन्ध कस्तो हुनेछ, त्यो निर्धारण गर्नेछ । सुरुमा नै निर्णय गर्नुहोस् कि जोइन्ट अकाउन्टमा दुबैले कति पैसा जम्मा गर्ने । दुबैले बराबरी राख्ने वा बढी वा कम राख्ने भन्ने विषयमा भने दम्पत्तिको मासिक आम्दानीमा निर्भर हुन्छ ।

जब पार्टनर खर्चिलो भए

कुनै दम्पत्तिमा एक व्यक्ति निकै खर्चिलो हुन्छन्  । जबसम्म स्थिती ठिक हुन्छ, उनीहरुको मनी म्यानेजमेन्ट पनि ठिक हुन्छ तर जब परिवारको आर्थिक स्थितीमा उतार–चढाव हुन्छ वा कसैको काममा समस्या पैदा हुन्छ भने पैसा र खर्चका कारण सम्बन्धमा तनाव हुन थाल्छ । त्यसकारण इमर्जेन्सी अकाउन्ट राख्नुहोस् र त्यसलाई विपरित स्थितीका लागि सम्हालेर राख्नुहोस् । स्थिती नियन्त्रणभन्दा बाहिर भए रिलेशनशीप काउन्सलर वा आर्थिक सल्लाहकारको मद्दत लिन सक्नुहुन्छ ।

आर्थिक स्थिती सधैं एउटै हुँदैन । यदि परिवारमा कुनै समस्या छ भने आफ्नो भन्दा परिवारको प्राथमिकतामा ध्यान दिनुहोस् । अनिमात्रै विपरित स्थितीसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ।

यदि तपाईंले संयुक्त ऋण लिनुभएको छ भने त्यो तिर्न पनि दुबै अग्रसर हुनुपर्छ । यदि तपाईं आफ्नो सम्बन्ध र आर्थिक स्थितीमा पूर्ण सन्तुष्ट हुनुहुन्न भने संयुक्त ऋण लिनबाट बच्नुहोस् ।

संयुक्त अकाउन्ट खोल्नुअघि हरेक पाटोबाट विचार गर्नुहोस् । पहिले नै बनाइरहेको अकाउन्टलाई जोइन्ट गर्नुको साटो एउटा नयाँ जोइन्ट अकाउन्ट खोल्नुहोस् र हरेक महिना दुईजनाले धेरथोर जम्मा गर्नुहोस् । यो व्यवस्थालाई केही समयसम्म चलाउनुहोस्, यदि यो राम्रोसँग चल्यो भने मात्र अघि बढ्नुहोस् । एकपटक समझदारी स्थापित भए तपाईं त्यसमा रकम बढाउन पनि सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप