तस्वीरमा हेर्नुहोस् जनजागृति प्रावि बम्घाको स्वर्ण महोत्सव
बुटवल । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ५ बम्घास्थित काउलेमा रहेको जनजागृति प्राथामिक विद्यालयको स्वर्ण महोत्सव शुक्रवारदेखि चलिरहेको छ ।
स्वर्ण महोत्सवमा ५० वर्षअघि पहिलो शिक्षक रहेका बम्घा सोलडाँडाका ९१ वर्षीया बृद्धा खुमानन्द शर्मा समेत लठ्ठी र छोरीको सहारा लिएर सहभागि भएका छन् ।
शर्मा सहभागि कार्यक्रमका प्रमुख अतिथी परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली थिए ।
कार्यक्रममा एउटै परिवारले १ लाख १ सय ११ रुपैयाँ चन्दा दान गरे । ती दानविर थिए, बम्घा कै तिलकराम ज्ञवाली र चिनालाल ज्ञवाली ।
त्यस्तै सोही स्थान पुर्खेयौली घर भई हाल बुटवलको जानकी नगरमा बस्ने भागिरथी भण्डारीले पनि १ लाख १ सय ११ रुपैयाँ चन्दा दान गरिन् । सोही स्थान घर भई हाल गुल्मीकै खैरेनी घर बस्ने पुर्णबहादुर रानाले ६० हजार चन्द दान गरे ।
हाल पोखरामा विभिन्न ब्यवसाय गरेर बस्ने पुर्व विद्याथी भानुभक्त भण्डारीले पनि दुई बर्ष सम्म मासिक १० हजार रुपैयाँ तलव दिएर आफूले त्यस विद्यालयमा कम्युटर शिक्षक राख्ने घोषणा गरे ।
उनीहरु सबैलाई बिशिष्ट सदस्यका रुपमा मन्त्री ज्ञवालीबाट सम्मान गरिएको थियो ।
रुरु ५ बम्घाका वडाध्यक्ष हरिप्रसाद ज्ञवाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ताराबहादुर राना , प्रधानध्यापक धनान्जय गौतम लगायतले विद्यालयलाई यहाँ सम्म ल्याउन निकै ठुलो भुमिका रहेको अभिभावकहरुको भनाई थियो । स्वर्णम महोत्सव भोलि सम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा