केन्द्रीय संस्करण

आलुको बोरामा ३० किलो चरेससहित बुटवलमा ३ जना पक्राउ

person explore access_timeफागुन ५, २०७५ chat_bubble_outline0

लागु औषधको कारोबार गर्नेहरुले बुटवलमा आलुको बोरामा लुकाएर ल्याएको चरेस प्रहरीले नियन्त्रणमा लिएको छ ।

आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो ।

चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० केजी चरेससहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसीपी डिल बहादुर मल्लले बताए ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...