काश्मिर हमलाबारे कंगनाको शबानामाथि हमलाः भनिन्, ‘तिमीहरु यसका समर्थक’ जवाफ फर्काइन् यस्तो
भारत प्रशासित काश्मिरको पुलवामामा सैनिक जवानमाथि भएको चरमपन्थी हमलामा ४० जवानको मृत्यु भएको छ । पाकिस्तानस्थित जैश–ए–मोहम्मदले हमलाको जिम्मेवारी लियो । यसमा बलिउमा रोष व्यप्त छ । हमलापछि शबाना आजमीले कराचीमा हुने आफ्नो एक कार्यक्रम रद्द गरेकी छिन् । यसमा मणिकर्णिका नायिका कंगनाले उनीमाथि टिप्पणी गर्दै उनलाई ‘भारत, तेरो टुक्रा हुनेछ समूह’ का समर्थक बताएकी छिन् । कंगनाका जवाफमा शबानाले भनिन्, ‘जब पूरा देश दुःखी छ र यो घटनाको निन्दा भइरहेको छ भने ममाथि यस्तो हमलाको कुनै अर्थ छैन । भगवानले तिमिलाई खुसी राखून् ।’
भारत र पाकिस्तानबीच संस्कृति आदनप्रदान हुनसक्दैनः
कराँची आर्ट काउन्सिलले शबानाका पिता क्याफी आजमी र उनको कविताबारे एक साहित्यिक सम्मेलनको आयोजना गरेका थिए । यसमा भाग लिनका लागि शबाना र जावेदलाई निमन्त्रणा दिइएको थियो । तर पुलवामा हमलापछि शबाना र जावेदले भ्रमण रद्द गरे ।
शबानाले एक पछि अर्को गर्दै तीनवटा ट्वीट गरिन् जसमा उनले यस्तो स्थितीमा भारत र पाकिस्तानबीच संस्कृति आदनप्रदान हुनसक्दैन । सैनिक जवान हाम्रो लागि ज्यान गुमाइरहेका छन् । म पूर्ण रुपमा शहिद परिवारको साथमा छु ।’
फिल्मी उद्योग राष्ट्रद्रोहीले भरिएका छन्ः
जावेद र शबानाको निर्णयमाथि एक मनोरञ्जनात्मक वेबसाइटसँग कुरा गर्दै कंगनाले भनिन्, ‘शबाना आजमीले पाकिस्तानसँग संस्कृति आदनप्रदानको कार्यक्रम रोकेको कुरा सुन्दा अचम्म लागेको छ । उनीहरु त्यहि व्यक्ति हुन् जसले ‘भारत, तेरो टुक्रा हुँदैछ समूह’ का समर्थन गर्छन् । जब उरी हमलापछि पाकिस्तानको कलाकारकामाथि प्रतिबन्ध लगाइसकिएको थियो भने यस्तोमा कराचीमा कार्यक्रमको आयोजना गर्नुको अर्थ के ? कंगनाका अनुसार फिल्मी उद्योग दुश्मनको मनोबल बढाउने यस्ता राष्ट्रद्रोहीले भरिएको छ ।
हाम्रो मौनतालाई कायरता बुझिनेछः
हमलाबारे कुरा गर्दै कंगनाले भनिन्, ‘पाकिस्तानले हाम्रो सुरक्षाको उल्लंघन गर्नुका साथै हाम्रो गरिमामाथि हमला गरेर हामीलाई खुल्ला धम्की दिएको छ, अपमान गरेको छ । हामीले निर्णायक कारवाही गर्नुपर्ने आवश्यकता छ नभए उनीहरुले हाम्रो मौनतालाई कायरता सम्झिनेछन् ।’
उनले थपिन्, ‘आज भारतको रगत बगिरहेको छ, देशका छोराको हत्या हाम्रो आन्द्रामा चक्कु रोपेको जस्तो छ । यतिबेला जसले अहिंसा र शान्तिबारे कुरा गर्छ उनीहरुको अनुहारमा कालो मोसो दलेर गधामा राखेर घुमाउनुपर्छ र थप्पड हान्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा