बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीर अस्पतालमा इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ

आइतबार, ०५ फागुन २०७५, ०६ : २६
आइतबार, ०५ फागुन २०७५

काठमाडौँ – देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् । 

कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरु बताउँछन् । 

यो अवस्थाले बिरामीमाा मानसिक र शारीतिक समस्या आउन सक्ने उनीहरु बताउँछन् । 

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप