बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा चट्याङ पर्यो, वनभोज खान आएका विद्यार्थीहरु घाइते

शनिबार, ०४ फागुन २०७५, १६ : ४०
शनिबार, ०४ फागुन २०७५

भक्तपुर । शनिबार दिउँसो करिब २ बजेतिर भक्तपुरमा परेको चट्याङले ६ जना घाइते भएका छन् । 

भक्तपुर सूर्यविनायक न.पा.–७ घ्याम्फेडाँडा काठमाडौं कीर्तिपुर त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु वनभोज खान आएका विद्यार्थीहरु घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

चट्याङ लागेर घाइते भएकाहरुको उपचारका लागि डा.इवामुरा अस्पतालमा उपचार भइरहेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले बताए । 

घाइते हुनेमा मोरङ कोसी दरैचा न.पा. ४ घर भई कीर्तिपुर बस्ने बर्ष २५ को रवि पाण्डे, कैलाली गौरी न.पा. १ घर भई कीर्तिपुर बस्ने बर्ष २५ को जीवन भण्डारी, स्याङजा कालीगण्डकी गा.पा. ४ घर भई काठमडौं बस्ने बर्ष २४ को कमल पाण्डे रहेका छन् । 

त्यसैगरी नवलपरासी सुस्ता गाउँपालिका–५ घर भई हाल काठमडौ बस्ने बर्ष २५ को सत्तेनन्द गुप्ता, ओखलढुङ्गा रुम्जाटार घर भई हाल विश्वविद्यालयमा गार्ड गर्ने बर्ष ५७ को ललित गुरुङ र सर्लाही घर भई हाल विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने बर्ष २९ की सिता खड्का रहेकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप