शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान

शनिबार, ०४ फागुन २०७५, १५ : ५७
शनिबार, ०४ फागुन २०७५

काठमाडौं । थाइल्यान्डमा सोमबारदेखि सुरु हुने आईसीसी टी–२० वुमन्स विश्वकप क्रिकेट अन्तर्गत एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली महिला टोली शनिबार थाइल्यान्ड प्रस्थान गरेको छ ।

थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, चीन, हङकङ, कुवेत, मलेसिया र यूएईले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगका आधारमा हुुने प्रतियोगितामा शीर्ष दुई टोली छनोट हुनेछन् । 

रुबिना क्षेत्रीको प्रतियोगिताका लागि कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार घोषणा गरिएको थियो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कबिता कुवँर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । 

टोलीको मुख्य प्रशिक्षकमा बिनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय तथा व्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् । चार जना अतिरिक्त खेलाडीमा रितु कुमारी कनुजिया, सुमन बिष्ट, अन्जली चन्द र डोली भट्ट छन् । 

महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले विदाई गरे । विदाई कार्यक्रममा बिष्टले महिला खेलाडीलाई पनि आईसीसीसँग मासिक तलबका लागि पहल गरिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप