‘मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’
पूर्वमन्त्री श्यामसुन्दर गुप्तामाथि ललितपुरको भैंसेपाटी बस्दै आएका रेशमबहादुर पाख्रिनलाई ‘बलात्कार मुद्दा’मा फसाएको आरोप लागेको छ ।
घर–जग्गाको कारोबारमा विवाद भएपछि पूर्वमन्त्री गुप्ताले ३५ वर्षकी एक महिला खडा गरेर पाख्रिनबिरुद्ध बलात्कारको उजुरी दिन लगाएर फसाएको पाख्रिन पत्नी सर्मिला महत (पाख्रिन) ले आरोप लगाएकी हुन् ।
लतिलपुरको कानदेवतास्थान नजिकै रहेको पाख्रिनको अफिसमा २०७५ असोज १ गते र असोज ६ गते रेशमले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाले कार्तिक १३ गते ललितपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जबर्जस्ती करणीको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले कार्तिक २७ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो । पाख्रिन पक्राउ परेकै दिन महानगरीय प्रहरी परिसर ललितपुरमा पुगेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले पाख्रिनलाई ‘अब कसरी जेलमा सडाउँछु, हेर्दै जानु !’ भनेर भनेको पत्नीको दाबी छ
‘मेरो निर्दोष श्रीमान्को विरुद्ध पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले महिला प्रयोग गरेर पसाएका हुन्,’ पाख्रिन पत्नी सर्मिलाले रातोपाटीसँग भनिन् ।
सिन्धुपाल्चोकको धुम्पाखर–६ स्थायी घर भएका पाख्रिन र पूर्वमन्त्री गुप्ताको बीचमा ३ वर्षअघि चिनजान भएको थियो ।
रुपन्देहीको भैरहवामा रेशमबहादुर पाख्रिनको नाममा भएको घरजग्गा हत्याउन पाख्रिनलाई ‘बलात्कार मुद्धा’मा फसाएको परिवारको आरोप छ ।
रेशम पाख्रिनको मुद्धामा अनुसन्धानका गरेका महानगरीय प्रहरी परिसरका एक अधिकृतका अनुसार मेडिकल रिपोर्टमा पाख्रिनले बलात्कार गरेको कुरा पुष्टि हुन सकेको छैन ।
‘झिल्ली फाटेको भन्ने मेडिकल रिपोर्ट आएको छ’ अनुसन्धानमा संलग्न ति अधिकृतले भने, ‘३५ वर्षीया विवाहित महिलाको हकमा सामान्यतः सबैको झिल्ली फाटेको रिपोर्ट आउँछ ।’
मंसिर २० गते जिल्ला अदालत ललितपुरको आदेशले पाख्रिन हाल पुर्पक्षका लागी थुनामा रहेका छन् ।
पूर्वमन्त्री गुप्ता यसअघि उद्योगपति पवन सङ्घाई अपहरण मुद्धामा चार वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए ।
दुई वर्षअघि महानगरीय प्रहरी परिसर ललितपुरले धोविघाटस्थित रेडरोज इन्टरनेशनल मेनपावर कम्पनी सञ्चालिका तारा रेग्मीलाई धम्क्याएर ५० लाख माग गरेको उनीमाथि आरोप लागेको थियो । ललितपुरको ताल्छिखेल बस्ने गुप्तालाई तारा रेग्मीसँग धम्क्याएर पैसा मागेको प्रकरणमा पनि उनलाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।
पाख्रिनको परिवारले लगाएको आरोपबारे प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री गुप्ता सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’