मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा हिन्दी भाषालाई किन आधिकारिक रुपमा मान्यता दिइयो ?

शनिबार, ०४ फागुन २०७५, ११ : ५९
शनिबार, ०४ फागुन २०७५

बीबीसी । आबुधाबीमा हिन्दी भाषालाई अदालतमा प्रयोग हुने तेस्रो आधिकारिक भाषाको मान्यता दिइएको छ ।

त्यहाँ यसअघिनै अरबी र अङ्ग्रेजी भाषालाई आधिकारिक भाषाको मान्यता छ । अधिकारीहरुका अनुसार पछिल्लो परिवर्तन न्यायायलमा मानिसहरुको सहभागीता फराकिलो बनाउन गरिएको हो ।  

आबुधाबी न्यायिक विभागको भनाईमा हिन्दी भाषालाई आधिकारिक मान्यता दिइएपछि ठूलो संख्याका आप्रवासी जनसंख्याहरुलाई अदालती काममा राहत पुग्नेछ ।  

संयुक्त अरब एमिरेटमा हिन्दी भाषा बोल्ने अथवा बुझ्ने ठूलो जनसंख्याको उपस्थिति छ । 

आधिकारिक तथ्यांकअनुसार संयुक्त अरब इमिरेटको जनसंख्या ९० लाख छ । यसमध्ये दुई तिहाई जनसंख्या आप्रवासीहरुको छ । यिनमा पनि भारतीयहरुको जनसंख्या २६ लाख छ । यो कूल जनसंख्याको ३० प्रतिशत हो र आप्रवासीहरुमध्ये सबैभन्दा ठूलो हिस्सा हो ।

‘यो न्यायिक विभागमा पारदर्शीताको लागि अंगिकार गरिएको हो’, आबुधाबी न्यायिक विभागका सचिव योसेफ सईद अल अब्रले खलीज टाइम्ससँगको कुराकानीमा भने, ‘न्याय प्रक्रियामा मानिसहरुको जटिलता कम गर्नको लागि हिन्दीलाई अदालती भाषामा समावेश गरिएको हो ।’

भारतको चुनाव हुँदा युएईमा समेत प्रचार
भारतका प्रमुख राजनीतिक पार्टीका नेताहरु चुनाव नजिकिँदै गर्दा यूएईमा रहेका भारतीयहरु माझ गएर आफ्ना एजेण्डा बताउने गरेबाट पनि त्यहाँ भारतीय समुदायहरुको प्रभावको अनुमान लगाउन सकिन्छ । 
हालसालै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले युएईको भ्रमण गरे । त्यो समय उनले भारतीयहरुको अघि गएर सम्बोधन पनि गरे । 

नरेन्द्र मोदीले पनि आफू प्रधानमन्त्री बन्नुअघि र पछि यस्तो गरेका थिए । 

पछिल्लो महिना मात्रै केन्द्रीय वाणिज्य मन्त्री सुरेश प्रभुले युएई र साउदी अरबले खाद्य सुरक्षालाई मध्यनजर गर्दै भारतमा खाद्यान्न उब्जाउने घोषणा गरेको बताएका थिए । 

सुरेश प्रमुले उक्त योजना ‘विशेष आर्थिक क्षेत्र’ जसरी कार्यन्वयन गरिने र यूएईको बजारलाई ध्यानमा राखेर खाद्यान्न उब्जाइने बताएका थिए । 

दुवै देश खाद्य सामाग्रीका लागि विदेशमा निर्भर छन् । खाद्यान्नको बदला भारतले दुवै देशहरुबाट पेट्रोलियम तेल लिनेछ । 

सुरेश प्रभुले दुवै देशका प्रतिनिधिहरुसँग कुराकानीपछि भनेका थिए, ‘हामी निर्यातका लागि तयार छौं । यूएईले खाना प्रशोधन र जैविक खेतीमा लगानीमा रुची देखाइरहेको छ । यसबाट हाम्रो किसानहरुलाई पनि फाइदा पुग्नेछ । ”

विप्रेषण, व्यापार र पर्यटनको लागि पनि भारतीहरु प्रमुख गन्तव्य
संयुक्त अरब इमिरेट भारतको अर्थव्यवस्थाको लागि निक्कै महत्वपूर्ण देश हो । 

भारत विदेशमा गएका आफ्ना नागरिकहरुबाट सबैभन्दा ठूलो विपे्रषण रकम भित्राउने देश हो । यस मामलामा भारतपछि चीन, फिलिपिन्स, मेक्सिको, नाइजेरिया र इजिप्ट छन् ।

विश्व बैंकको तथ्याकं अनुसार सन् २०१७ मा भारतीयहरुले ६९ अर्ब अमेरिकी डलर आफ्नो देश पठाए । यो रकम पाकिस्तानको हालको कुल विदेशी मुद्रा संचितिभन्दा सात गुणा बढी हो । त्यसका साथै यो रकम भारतको कुल रक्षा बजेटभन्दा डेढ गुणा धेरै हो । 

सन् १९९१ मा ३ अर्ब अमेरिकी डलर मात्रै विप्रेषण रकम भित्राउने भारतको यो अवधिमा उक्त रकममा २२ गुणाको वृद्धि गरायो ।  

सन् २०१५ को भारतीय विदेश मन्त्रालयको तथ्याकं अनुसार त्यो वर्ष ७ लाख ८१ हजार मासिनहरु कामका लागि विदेश गए । त्यसमध्य ९६ प्रतिशत त साउदी अरब, यूएई, बहराइन, कुवेत, कतार र ओमानमा मात्रै गएका थिए ।

केही मानिसहरु दुबईलाई ‘भारतीय हंगकंग’ पनि भन्छन् । दुबई भारतको लागि व्यापार, भ्रमण र लजिस्टिक हब हो । 

पछिल्लो तथ्याकं अनुसार दुवई जाने पर्यटकहरुमध्य सबै भन्दा ठूलो हिस्सा भारतीयहरुको छ ।

चीन र अमेरिकापछि भारत यूएईको तेस्रो सबैभन्दा ठूलो व्यापारिक पार्टनर हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप