बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेयरमा लगानी गर्न चाहनुहुन्छ ? आउँदैछ २१ कम्पनीको ३ अर्ब १२ करोडको आइपीओ

शनिबार, ०४ फागुन २०७५, ११ : २६
शनिबार, ०४ फागुन २०७५

काठमाडौं–सेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने आइपीओ खरिद गर्न तयार रहनुस् ।  प्रतिकित्ता सय रुपैयाँ अंकित दरले ३ अर्ब १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन हुँदैछ । 

नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले सेयर निष्काशको अनुमति माग्दै आवेदन दिएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १५ वटा जलविद्युत कम्पनी, ४ वटा माइक्रो फाइनान्स, एउटा मर्चेन्ट बैंकिङ र एउटा इनभेष्टमेन्ट फण्ड रहेको छ ।  

निष्काशनको पर्खाइमा रहेका मध्ये सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको सेयर रहेको छ । कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६ सय १० कित्ता आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस्तै घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको  १५ लाख ५५ हजार ७७० कित्ता सेयर निष्काशनको माग गर्दै आवेदन दिएको छ ।

२१ वटा कम्पनीको आवेदनमा आवश्यक कागजात पुगेको अवस्थामा बोर्डले स्वीकृति दिनेछ र स्वीकृति लगतै आइपीओ सर्वसाधारणका लागि बिक्रि खुला हुनेछ ।

बोर्डमा  आइपीओ निष्काशनको पाइपलाइनमा रहेका २१ कम्पनी कसले कति सेयर जारी गर्दैछन् ?

यता, सरकारले  जनताको लगानीमा जलविद्युत निर्माणको नीति लिएको छ । यसले सरकारले हरेक नेपालीको सेयर लगानी हुजना गर्नेछ ।  फागुन २ गते जनताको जलविद्युत आयोजना कार्यक्रममा प्रधानमन्त्रीले  सम्बोधन गरेका थिए ।

देशको आर्थिक समृद्धिको लागि भन्दै जनतालाई लगानीको अवसर प्रदान गर्ने सरकारको उदेश्य हो । सरकारी पहलमै १९ आयोजना निर्माणको प्रस्ताव गरिएको छ । जसमा सर्वसाधारणको लगानी हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप