मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डो गाेलमा युभेन्टसकाे जित

शनिबार, ०४ फागुन २०७५, ०८ : ५४
शनिबार, ०४ फागुन २०७५

एजेन्सी - क्रस्टियानो रोनाल्डो प्रेरित युभेन्टसले इटालियन सिरि ए फुटलबमा अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्ट्सले फ्रोसिनोनलाई ३–० गोलले हरायो । घरेलु मैदानमा येभेन्टसलाई जिताउन पाउलो डिबालाले छैटौं मिनेटमा खाता खोले । उनले रोनाल्डोको कर्नर पासमा गोल गरेका थिए ।

१७ औँ मिनेटमा लियोनार्दो बोनुसीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा युभेन्टसले एक गोल थपेको थियो । रोनाल्डोले ६३ औँ मिनेटमा गोल गर्दै टोलीको जित सहज बनाए । युभेन्टसमा रोनाल्डोको यो सबै प्रतियोगितामा गरेर सिजनको २१ औँ गोल हो ।

जितसँगै शीर्ष टोली युभेन्ट्स दोस्रो स्थानमा रहेको नापोलीभन्दा १४ अंकले अगाडि छ । युभेन्टसले २४ खेलबाट ६६ अंक बनाएको छ । एक खेल कम खेलेको नापोलीको ५२ अंक छ । युभेन्टससँग पराजित फ्रोसिनोन १६ अंकसहित रेलिगेशनको मारमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप