शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

शनिबार, ०४ फागुन २०७५, ०६ : ३९
शनिबार, ०४ फागुन २०७५

काठमाडौं - नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् । 

घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन् । सुरुमा पाठकले अन्य व्यक्तिलाई प्रयोग गरेर राजीनामा पठाउने तयारी गरेका थिए । राष्ट्रपति कार्यलयका अधिकारीहरुले सम्बन्धित व्यक्तिले नै बुझउनु पर्ने बताएपछि उनी राजीनामा पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप