शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्जु र विमलको गीतमा प्रियंकाले हल्लाइन् ‘बुट्टे रुमाल’

शुक्रबार, ०३ फागुन २०७५, १९ : ५१
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं– चर्चित गायक विमलराज क्षेत्रीको नयाँ गीत ‘बुट्टे रुमाल’को भिडियो सहित सार्वजनिक भएको छ । गीतमा गायक क्षेत्री र गायिका अन्जु पन्तले गायनमा सहकार्य गरेका छन् । 

एकनारायण भण्डारीको शब्द संगीतमा रहेको गीत सितारा म्युजिक प्रालिले बजारमा ल्याएको हो । गायक विमल र संगीतकार भण्डारीको यो गीतमार्फत एक दशकपछि सहकार्य भएको हो ।

गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ । भिडियो प्रियंका कार्की र गम्भीर बिष्टले नृत्य गरेका छन् । भिडियो युट्युवको ट्रेडिङमा समेत आउन सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप