बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा क्यान इन्फोटेक मेला सुरु

शुक्रबार, ०३ फागुन २०७५, १८ : ४९
शुक्रबार, ०३ फागुन २०७५

बुटवल– बुटवलमा सूचना प्रविधिसम्बन्धी प्रर्दशनी क्यान इन्फोटेक मेला २०१९ सुरु भएको छ । मेलाको आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

उनले क्यान नमुना प्रविधियुक्त सहर बनाउनको लागि प्रदेश सरकार जहिले पनि तयार रहेको बताए । ५ दिनसम्म बुटवको बुटवल मण्डपमा सञ्चालन हुने इन्फोटेकमा १ सय २५ स्टलको सहभागिता रहेको छ ।
उनले क्यान महासंलाई नमुना आईसिटी सिटी बनाउनको लागि आग्रह गर्दै जसको लागि प्रदेश सरकार सहयोग गर्न तयार भएको बताए ।    

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा आईसीटी सम्बन्धी नमुना उत्पादन गर्नको लागि समेत आग्रह गरे ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले डिजिटल नेपालको परिकल्पना सरकारले गरेको भएपनि सोही अनुसारको नीजि क्षेत्र संग सहकार्य गर्न नसकेको बताए।

यस्तै क्यान महासंघ नेपालका संस्थापक अध्यक्ष डा.विमल शर्मा क्यानसँगको सहकार्यमा सरकारले हातेमालो गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा प्रदेशसभा  संसदीय दलका  प्रमुख सचेतक  भुमिश्वर ढकालले प्रदेश सरकारले पनि डिजिटल नेपाल निर्माणको लागि हातेमालो गरेको बताए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदी, कमला बस्नेत कुँवर लगायतले बोलेका थिए ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका १ सय बढी स्टल रहेको जनाएको छ । यो मेला पाच नम्बर प्रदेश चितवन ,पोखराबाट पनि दर्शकहरु आउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप