डा. सुनिल शर्माले १ हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउने
मोरङ–नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा.सुनिल शर्माले एक हजार बिद्यार्थीलाई चिकित्सा शिक्षा निःशुल्क पढाउने घोषणा गरेका छन् ।
३ सय भन्दा बढी विद्यार्थीलाई ‘स्तरीय र महंगो’ चिकित्सा शिक्षा निःशुल्क पढाईसकेका डा.शर्माले जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने उद्घोष गरेका हुन् ।
मोरङको भाउन्नेमा आयोजित नेपाल दलित संघको ३ नम्बर क्षेत्रीय अधिवेशनलाई संबोधन गर्दै डा.शर्माले भने ‘नोबेलमा हामीले गरिव, विपन्न, दलित र पिछडाबर्गका विद्यार्थीहरुलाई छनौट गरी निःशुल्क पढाउदै आएका छौ । अहिलेसम्म ३ सय भन्दा बढी बिद्यार्थीलाई पढाईसक्यौ ।
जम्मा एक हजार बिद्यार्थीलाई निःशुल्क पढाउछौ ।’ आगामी शैक्षिक सत्रमा ६२ जना बिद्यार्थीलाई निःशुल्क पढाउने जानकारी दिँदै डा.शर्माले आफुले सकेसम्म यो क्रमलाई जारी राख्ने बताए ।
गरिव, बिपन्न तथा पिछडा बर्गका बिद्यार्थीलाई प्राथमिकतामा राखेर निःशुल्क अध्ययनका लागि छनौट गरिने भएपनि बिद्यार्थी छान्ने क्रममा पार्टी अथवा कुनै क्षेत्र बिशेष नहेरिने डा.शर्माको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु