शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रथम क्यास्पियन कपमा टियुलाई अर्को सफलता

शुक्रबार, ०३ फागुन २०७५, १८ : ३७
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं– प्रथम क्यास्पियन कप इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार टियु विजयी भएको छ । 

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टियुले निस्ट कलेजलाई ८ विकेटले हरायो । टर हारेर पहिले पहिले ब्याटिङ गरेको निस्टले १९.३ ओभरमा विै विकेटको क्षतिमा ८८ रन बनाएको थियो । ८९ रनको विजयी लक्ष्य पछ्याएको टियुले  १२.४ ओभरमा २ विकेटका क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

टियुको जितमा रविन जोशीले सर्वाधिक ४३ रन बनाए । सुसान्त तिमल्ेसनाले अविजित ३२ र नरेश चन्दले १२ रन जोडे । बलिङमा निष्टका कमल ओली र मनसोन सिंहले एक एक विकेट लिए । यसअघि निस्टका लागि दिपक बोहोराले २८ रन बनाए । टेक सलामीमगरले २०, सोहन यादवले १४ तथा अभिनास सिंह र रणवीर यादवले १०–१० रन बनाए । बलिङमा टियुका हरिकृष्ण झाले तीन विकेट लिए । हरिकृष्ण म्यान अफ दी म्याच घोषित भए । बसन्त खत्रीले दुई तथा लोकेन्दै चन्द र रामबहादुर चन्दले एक एक विकेट लिए ।

प्रतियोगितामा विभिन्न १६ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आठ दिने प्रतियोगितालाई सिजी ग्रुुपको वाईवाईले मुख्य प्रायोजन तथा यामाहा कम्पनीले सहप्रायोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप