शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४१ वर्षअघि  शिक्षक बनेको विद्यालयमा पुगेर मन्त्री ज्ञवालीले किन झिके कात्रोको प्रसंग ?

शुक्रबार, ०३ फागुन २०७५, १८ : २८
शुक्रबार, ०३ फागुन २०७५

बुटवल– परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले हरेक नागरिक र जिम्मेवारीमा रहेका सबै पक्षले पैसाको पछाडी मात्रै लागेर नहिँडन र जिम्मेवारी अनुसारको काम गर्न आग्रह गरेका छन् । उनले  गृहजिल्ला गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ५ वम्घा काउलेमा रहेको जनज्योति  प्राथामिक विद्यालयको  स्वर्ण महोत्सव शुक्रवार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षकहरुलाई  पैसा होइन कामप्रति गम्भीर जिम्मेवारी लिन आग्रह गर्दै भने, ‘बाँचुञ्जेल काम गरेर देखाउँ पैसाको पछाडी मात्रै नलागौं, मरेर लानु के छ र ? आखिर कात्रोको खल्ती हुँदैन, मरे पछि कसैले केही लगेर जान पाईदैन ।’

४१ बर्षअघि त्यसै विद्यालयको शिक्षक अहिले मन्त्री
परराष्टमन्त्री ज्ञवाली २०३४ साल भदौदेखि डेढ बर्षसम्म त्यसै विद्यालयका शिक्षक थिए । त्यसै विद्यालयमा शुक्रबार स्वर्ण महोत्सव मन्त्रीको हैसियतले उद्घाटन गर्ने अवसर प्राप्त गरेको प्रति आफु गर्वित, हर्षित र विगतको स्मरण गरेर आफु भावुक समेत बनेको उनले बताए ।

उनले भने–‘ आज भन्दा ४१ बर्षअघि म यसै विद्यालयमा १४ बर्षको उमेरमा शिक्षक थिएँ । त्यो ताका नै मेरा राजनैतिक गुरु स्वर्गीय  जिवराज आश्रितसँग चिनजान भई मेरो राजनैतिक यात्रा समेत यहिबाट सुरु भएको हो, यस अवसरमा मैले मेरा राजनैतिक गुरु स्वर्गीय नेता जिवराज आश्रित र विद्यालयका संस्थापकसहित प्रधानध्यापक  स्वर्गीय कुलचन्द्र ज्ञवालीलाई पनि स्मरण गर्दै सम्मान व्यक्त गर्दछु ।’

‘हामीले त उतिबेला धुलोमा लेखियो, पाटीमा पढियो र बाँसको कलमले पनि  लेखियो र पढाईयो पनि, अहिले भने म आफुले हातले लेख्दिँन सबै काम कम्युटरबाटै गर्छु, अर्थात म बाँसको कलमदेखि  कम्युटर सम्मको युगमा आईरहेको छु,’ उनले भने– ‘अर्थात म अहिले कम्युटरमा आश्रित भईसकेको छु ।’ 

 उनले सरकारी शिक्षकहरुलाई अब  विगतको जस्तो  विद्यालयमा मन लागेको समयमा आउने, मन लागेको समयमा जाने प्रबृद्धि नदेखाउन चेतावनी समेत दिए । विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न आग्रह गर्दै उनले सरकार  सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा  प्रदान गर्न लागेको बताए । गतवर्ष प्रधानमन्त्री ओलीकै नेतृत्वमा बालबालिका भर्ना अभियान सुरु गरे गरेर २ लाख ६० वालवालिका भर्ना गरिएको र यस छुटेका ६० हजार बालबालिका पनि भर्ना गरिने उनले बताए ।

हिजो मात्र सरकारको एक बर्षे कार्यकाल पुरा भएको र यो कार्यकाल देशको जग निर्माणको बर्ष भएको र अवको कार्यकाल  विकास र समृद्धिको कार्याकाल हुने दावी गरे ।  आफुहरुले सरकार सम्हाल्ने बेलामा देश महिनौ नसोहरेको भकारो जस्तै बनेको उनको भनाई थियो ।   आफुहरुले त्यस्तै भकारो बेल्चा लगाएर सोहर्नु परेको बताउँदै उनले भने –भ्रष्टचारले डङ्गुर बनेको मुलुकलाई अब बेल्चा नै लगाए सफा गर्न सरकार लागेको छ । ’

उनले  प्रति प्रश्न गरे– ‘देख्नु भएन ढुकुटीकै चावी दिएका अख्तियारका प्रमुख नै भ्रष्ट्राचारमा लिप्त भएको पाईयो भने  यो मुलुक कसरी गुज्रिँदै आएको रहेछ ?’ उनले सरकार जसरी गाडीको गियर विस्तारै बढाउँदै गइन्छ, त्यसरी नै  मुलुकको विकास र समृद्धिको गियर पनि बिस्तारै बढाएर यो सरकार प्रति जनताले जे अपेक्षा राखेर भोट दिएका थिए, त्यो अपेक्षा पाँच बर्षभित्र पुरा गरेरै छाड्ने ठोकुवा गरे ।

केही मिडियाले सरकारका राम्रा कामहरुको समेत बङ्गाएर जनतामा नकरात्मक जवाफ फैलाउँदै आएको गुनासो गर्दै दुधलाई दुध र पानीलाई पानी नै भनेर सरकारको नराम्रा कामको  आलोचना र राम्रा कामको प्रशंसा गर्न सुझाव दिए  । पूर्व शिक्षक मन्त्री ज्ञवालीलाई सो विद्यालयले सम्मान गरेको छ ।  उनी आजै राजधानी फकेका छन् ।

कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, उपाध्यक्ष लक्ष्मी पन्त लगायको बिशेष आतिथ्यता रहेको थियो । मन्त्री ज्ञवालीद्धारा वरिष्ठ चन्दाताहरुलाई  सम्मान गराइएको थियो ।  स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर रानाको अध्यक्षतमा सम्पन्न उद्घाटन सत्रमा सदस्य लालबहादुर रानाको स्वागत मन्तव्य र  विष्णुप्रसाद भण्डारीको सञ्चालन रहेको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप