काठमाडौंको तिनकुनेमा ग्याँस उत्खनन् गर्ने प्रक्रिया सुरु
काठमाडौं– सरकारले काठमाडौंको तिनकुनेमा ग्याँस उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सो ठाउँमा ग्याँस उत्खनन्का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तीको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्याँसको सम्भाव्यता खानी तथा भू–गर्भ विभाग र जाईकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तिनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागिएको बताए ।
मन्त्री यादवले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै सो फलाम खानी उत्खनन्को काम पनि सुरु गर्ने योजना अघि सारे । सो क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परीक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाई छ ।
त्यसको विस्तृत विवरण चीनबाट आउन साथ सो क्षेत्रमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको योजना छ । मन्त्री यादवले सो क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको पनि राष्ट्रियसभालाई जानकारी गराए ।
उनले चिनीको मूल्य तत्काल बढन नदिने गरी व्यवसायीहरुसँग सरकारले छलफल गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी