शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुविनाको कप्तानीमा महिला क्रिकेट टोलीको घोषणा

शुक्रबार, ०३ फागुन २०७५, १७ : २१
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं– आईसीसी वुमन्स एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि शुक्रबार नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय तथा ब्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् । प्रतियोगिताका लागि चार जना अतिरिक्त खेलाडीको नाम पनि घोषणा गरिएको छ । जसमा रितुकुमारी कनुजिया, सुमन बिष्ट, अन्जली चन्द र डोली भट्ट छन् । नेपाली महिला टोली शनिबार थाइल्यान्ड जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप