‘नेपाल आइडल’ पछि फेरि भिडियोमा रीमा
शुक्रबार, ०३ फागुन २०७५, १४ : ०५
काठमाडौं – चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् ।
उनलाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा फर्काएका हुन् । उनको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीतमाथि बनेको भिडियोमा सार्वजनिक भएको छ । भिडियोमा रीमालाई योगेन्द्र राईले साथ दिएका छन् ।
योगेन्द्र यस गीतका गायक पनि हुन् । गीतमा आसुपूर्ण खलिङ राईका शब्द तथा निश्चल राईको संगीत छ । भिडियोमा माधव बेलबासको सम्पादन, अमृत सुनुवारको छायाँकन छ ।
सञ्चारकर्मीका रुपमा समेत चिनिएका निर्देशक ढुंगेल विगत ६ बर्षदेखी म्युजिक भिडियो, एबं विज्ञापन निर्माणमा सक्रिय छन् । उनले हालसम्म २०० जति भिडियो र थुप्रै विज्ञापन निर्माण गरेका छन् । ढुंगेल आर्टिस्ट नेपाल नेटवर्कका सस्थापक अध्यक्ष पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी