बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको काश्मिरमा आक्रमण गर्ने २१ वर्षे आदिल अहमद त्यहाँकै स्थानीय

शुक्रबार, ०३ फागुन २०७५, १३ : ४६
शुक्रबार, ०३ फागुन २०७५

भारत प्रशासित काश्मिरको पुलवामामा बिहिबार भएको एक आत्मघाती हमलामा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जवानको मृत्यु भयो ।

यो चरमपन्थी हमलाको जिम्मेवारी चरमपन्थी संगठन जैश ए मोहम्मदले लिएको छ ।

खबरलाई विश्वास गर्ने हो भने यो आत्मघाती हमलाको जिम्मेवार २१ वर्षका आदिल अहमद थिए ।

आदिल अहमद पुलवामा नजिकै गुडीबागमा बस्दथे र उनी गत वर्ष मात्रै जैश ए मोहम्मदमा संलग्न भएको बताइन्छ ।

आत्मघाती हमला जहाँ भयो त्यो राजधानी श्रीनगरभन्दा दक्षिणमा लगभग २५ किलोमिटर टाढा छ र आदिल बसेको गाउँबाट करिब १५ किलोमिटर टाढा छ ।

बिहिबार बिस्फोटकले भरिएको एक स्कार्पियो कारले सुरक्षा फौजलाई लक्षित गर्दै एक बसलाई ठक्कर दिएको थियो । उक्त कारमा तीन सय ५० किलोग्राम बिस्फोटक भरिएको बताइन्छ । प्रत्यक्षदर्शीका अनुसार बिस्फोटको आवाज यति भयानक थियो कि त्यो निकै टाढासम्म सुन्न सकिन्थ्यो ।

भारतको काश्मिरमा भएको आक्रमणबारे बोल्यो पाकिस्तानः हामीलाई यत्तिकै आरोप नलगाउ

आत्मघाती हमलाः

सन् १९९८ मा करगिल युद्धपछि जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबले थुप्रै आत्मघाती हमला गरेका थिए ।

तर यी आत्मघाती बम हमला गर्ने चरमपन्थी पाकिस्तानी नागरिक हुन्थे । जैशको दाबी अनुसार आदिल उर्फ वकास कमान्डो पहिलो स्थानीय हुन् जसले यो आत्मघाती हमला गरे ।

यो हमला यति खतरनाक थियो कि यसको चपेटमा आएका बस फलाम र रबरको डल्लोमा परिवर्तन भयो । यो बसमा कम्तीमा ४४ सिआरपीएफक जवान सवार थिए ।

आदिलका पिता गुलाम हसन डार साइकलमा कपडा बेच्ने काम गर्दथे । उनी मानिसहरुको घर–घर गएर कपडा बेच्थे । आदिलको परिवारमा बुवाबाहेक उनकी आमा र दुई भाइ छन् ।

आदिल मार्च २०१८ देखि जैश ए मोहम्मदमा भर्ना भएको बताइन्छ । त्यतिबेला उनी १२ कक्षाका छात्र थिए ।

भाइ पनि जैशमाः

पुलिस स्रोतका अनुसार आदिलका काकाका छोरा समिर अहमद पनि चरमपन्थी हुन् र आदिल जैश ए मोहम्मदमा संलग्न भएको एक दिन पछि नै समिर पनि जैशमा समावेश भएका थिए ।

 समिरले कश्मिर युनिभिर्सिटीबाट पोष्ट ग्रेजुएशनको पढाई छोडेर चरमपन्थी संगठनमा भित्रिएका हुन् ।

आदिलले आत्मघाती हमला हुनु अघि एक भिडियो पनि बनाएका थिए । यसमा उनले आत्मघाती हमला गर्ने जानकारी दिएका थिए । साथै उनले एउटा फोटो पनि सार्वजनिक गरेका छन् ।

यसमा उनले आफूले आफैंलाई जैश–ए–मोहम्मदको कमान्डर बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप