शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले आफूलाई शक्तिशाली बनाउन यी १० तरिका अपनाउनुस्

शुक्रबार, ०३ फागुन २०७५, १३ : १८
शुक्रबार, ०३ फागुन २०७५

आधुनिक पुरुषवादी समाजमा महिला हुन कति गाह्रो छ भनेर धेरैले बताउने गर्छन्  । तर उनीहरुले बिर्सने गर्छन् कि महिला हुनुका कति सकारात्मक पक्ष पनि छन् । मानव इतिहासमा महिलाले अत्यधिक समस्याको समाधान गर्नुपरेको कुरा कसैबाट लुक्न सकेको छैन तर अब संसारका हरेक कुनाका प्रत्येक महिलाले आफ्नो त्यो शक्ति पुनर्स्थापित गर्दै आफूलाई जसरी बाँच्न मन लागेको छ, त्यसरी नै बाँच्ने बेला आएको छ । यसका लागि केही काम र प्रयत्न गर्न आवश्यक छ । यहाँ हामी महिलाले आफूलाई शक्तिशाली बनाउन के–कस्ता काम गर्नुपर्छ भन्नेबारे जानकारी दिँदै छ ।

आफूलाई स्विकार गर्नुहोस्ः

तपाईंले यो कुरा धेरैपटक सुन्नु भएको होला तर आफ्ना सम्पूर्ण समस्या, मुद्दा, सपना, सफलता र विफलतालाई स्विकार गर्नु नै आफूलाई शक्तिशाली बनाउने प्रक्रियाको पहिलो पाइला हो । आफूलाई राम्रोसँग नियाल्नुहोस् र आफ्ना जीवनमा के–कस्ता कुराहरु लुकेका छन् त्यो राम्रोसँग चिन्नुहोस् । आफूलाई स्विकार गरेपछि मात्र तपाईंले आफूलाई कस्तो सोच्नुभएको थियो त्यो बनाउन सक्नुहुन्छ ।

आफ्नो समस्याबारे कुराकानी गर्नुहोस्ः

अब तपाईंका साथी र आफन्तलाई विश्वास गरेर आफूलाई जे कुराले समस्यामा पारिरहेको छ, त्यसबारे कुरा गर्ने बेला आएको छ । चाहे त्यो सानो कुरा नै किन नहोस् वा जसले तपाईंलाई बर्षौंदेखि घोचिरहेको नै किन नहोस्, त्यस्ता समस्याबारे कुरा गर्दा जीवनमा ठूलै भिन्नता आउँछ । यसो गर्दा तपाईंले अनुभवी साथीभाइ र आफन्तबाट समस्याको हल पाउने सम्भावना अत्यधिक हुन्छ भने आफ्नो जीवनबारे इमान्दार हुँदा तपाईंले आफूलाई शक्तिशाली भएको महसुस गर्नुहुनेछ ।

आफ्ना सीमाहरु तय गर्नुहोस्ः

साथीभाइ, आफन्त, सहकर्मी र आफूले माया गर्ने व्यक्तिहरुसँग सम्बन्ध स्थापित गर्दा स्वस्थ सीमा तय गर्नुहोस् जसले तपाईं र तपाईंको आवश्यकताको ख्याल राख्दै केही कुरामा ‘हुन्छ’ वा ‘हुँदैन’ भन्न सहजता प्रदान गरोस् । प्रत्येक स्थितीमा आफ्नो सीमा तय गर्दा आफूलाई सम्मान गर्नुहोस् ।

अत्यधिक सफल महिलाका १० उत्कृष्ट बानी

 

आफूलाई माया गर्नुहोस्ः

तपाईंको जीवनलाई उत्कृष्ट बनाउनका लागि तपाईंले आफूलाई माया गर्नैपर्छ । साना कुराबाट थालनी गर्नुहोस् जस्तै आफ्नो लागि केही समय छुट्टाउनुहोस् । एकान्तमा एउटा किताब र कफी लिएर आफ्नो ‘मी टाइम’ इन्जोइ गर्नुहोस् । यस्तो तालिका नियमित बनाइराख्नुहोस् । यसले तपाईंलाई शक्तिशाली, स्वस्थ र सुन्दर महसुस गर्न सहयोग गर्छ । डान्सिङ, जिम, फिटनेस, स्वस्थ खानपिन, घरमा बनाइएका मिठाई, ओर्गानिक कस्मेटिक – यी सबैले महिलालाई सशक्त बनाउन सहयोग गर्छ ।

योगा गर्नुहोस्ः

शरिरको आन्तरिक र बाह्य सुन्दरताका लागि योगा निकै सहयोगी हुन्छ । यसले तनावको स्तर कम गराउँछ भने तपाईंको शरीरलाई बलियो र लचिलो बनाउँछ । दैनिक रुपमा योगा गर्नेहरुले आफूले आफैंसँग जोडिएको महसुस गर्नेछन् । योगाले आफैंलाई बुझ्न, शान्ति र स्वस्थ्य मानिसकताका साथ बाँच्न सिकाउँछ ।

माफी दिने बानी बसाल्नुहोस्ः

जीवनमा अघि बढ्न अत्यावश्यक छ । यसका लागि तपाईंलाई गलत बताउने मानिसलाई तपाईंले माफी दिनैपर्छ । साथै प्रत्येक विफलता, गल्ती र समस्याका लागि आफूलाई पनि माफी दिनुहोस् । भूतलाई भूत हुन दिनुहोस्, यसमा अडिग भइराख्नुको कुनै तुक छैन । भविष्यलाई अँगाल्नुहोस् र यसले निम्त्याउने प्रत्येक सम्भावनालाई आत्मसाथ गर्नुहोस् ।

अरुले के भन्छ भनेर चिन्ता नगर्नुहोस्ः

मानिसहरुले तपाईंलाई जीवन कसरी बाँच्ने भनेर सिकाउँछन् तर वास्तविकता के हो भने तपाईंका लागि के सही छ, त्यो तपाईंलाई बाहेक अरु कसैलाई पनि थाहा हुँदैन । यसको अर्थ, अरुलाई के कुराले खुसी र सुखी दिन्छ, त्यसले तपाईंलाई पनि खुसी दिन्छ भन्ने छैन त्यसकारण अरुको सपनालाई पछ्याउन छोड्नुहोस् र आफ्नो जीवन बाँच्न सुरु गर्नुहोस् चाहे त्यो भयानक नै किन नहोस् ।

तपाईंलाई गल्ती गर्न छुट छः

केही गल्ती नगरी तपाईंले नयाँ कुरा सिक्न लगभग असम्भव छ । व्यक्तित्व विकासका लागि यो निकै आवश्यक छ । खुल्ला रुपमा भन्नुपर्दा गल्ती सबैबाट हुन्छ । गल्ती गर्न नडराउनुहोस् किनभने यो सर्वव्यापी छ ।

आफ्नो ऊर्जा बचाउनुहोस्ः

तपाईंको जीवनमा नकारात्मक र घातक विचार मात्र पैदा गर्ने व्यक्ति छन् भने उनीहरुलाई कुनै अफसोस बिना नै आफ्नो जीवनबाट बाहिरिन दिनुहोस् । यो तपाईंको जीवन र ऊर्जा हो, त्यसकारण यसलाई कसरी खर्च गर्ने त्यो आफूले निर्धारण गर्नुहोस् । यदि तपाईं कम ऊर्जावान् महसुस गरिराख्नुभएको छ भने आफ्ना सम्पूर्ण सम्बन्धलाई एकपटक नियाल्नुहोस् र तीमध्ये कतिलाई जान दिने हो त्यसबारे पनि सोच्नुहोस् । यसबारे तपाईंले मात्र निर्णय गर्न सक्नुहुन्छ ।

आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिरिनुहोस्ः

तपाईं आफ्नो जीवनमा खुसी, उमंग र नयाँ अनुभव गर्न चाहनुहुन्छ भने तपाईं बोल्ड हुनुपर्छ र आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्कनुपर्छ । यदि तपाईंलाई आफ्नो ऊर्जा क्षीण हुँदैछ भन्ने लागिरहेको छ भने केही नयाँ कुराको थालनी गर्नुहोस् । निकै अघिदेखि योजना बनाइरहेको स्थानको भ्रमण गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको मुड स्वतः सुध्रिनेछ । यसो गर्दा तपाईं आत्मविश्वासी पनि हुनुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप