शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् संसारका १७ डरलाग्दा पुलहरु

शुक्रबार, ०३ फागुन २०७५, १० : ५२
शुक्रबार, ०३ फागुन २०७५

सायद तपाईंले दैनिक यात्रा गर्दा कुनै न कुनै पूल तर्नुहुन्छ होला तर पेटको आन्द्रा बटार्ने र बान्ता नै निकाल्ने खालका पूलको यात्रा सायदै गर्नुपर्ला ।

यहाँ हामी संसारका  यस्तै भयानक पूलबारे जानकारी दिँदै छौं ।

१७. रोयल गोर्ज ब्रिज, कोलोराडो

यो अमेरिकाको सबैभन्दा अग्लो सस्पेन्सन ब्रिज हो । यो सन् १९२९ मा बनेको थियो । पर्यटकका लागि अहिले पनि यो आकर्षणको केन्द्रविन्दु हो ।

१६. हुसैनी ह्यांगिङ ब्रिज, पाकिस्तान

यसलाई संसारको सबैभन्दा डरलाग्दो पूल भनिन्छ । यो पूलमा हिँड्दा थोरै गडबडी भए भने पनि सिधै हुन्जा नदीमा खस्ने निश्चित छ ।

१५. डिसेप्सन पास ब्रिज, वासिङ्टन स्टेट

तुँवालोले छोपेको यो पूल माथि मोटर गुडाउन त्यति डरलाग्दो नहोला तर यदि तपाईं यो पूल माथि हिँड्नु पर्यो र १८० फिट मुनिको दृश्य देख्नुभयो भने तपाईंका खुट्टा अवश्य काम्नेछन् ।

यो पूलले ह्विडबे र फिडाग्लो टापूलाई जोड्छ । यो पूल बनाउनुअघि यी टापूमा डुङ्गामार्फत मात्र जान सकिन्थ्यो ।

१४. लेक पोन्टचाट्रेन कजवे, लुसियाना

संसारको सबैभन्दा लामो यो पुल पानीको छालभन्दा १६ फिटमाथि बनेको छ । यो पुल सन् १९५० मा म्यान्डेभिल र मेतेइरीलाई जोड्न बनाइएको थियो । त्यतिबेलादेखि यसलाई संसारको खतरनाक पूलको संज्ञा दिइएको छ ।

१३. क्यानोपी वाक, घाना

यो पूल जमिनभन्दा ४० फिटमाथि बनेको छ । यहाँ आउने पर्यटकले रुखको मुनीबाट यात्रा गर्ने मौका पाउँछन् । यहाँ यात्रा गर्दा चराचुरुङ्गी र बाँदरसँग भेट भइरहन्छ । यो पूलको एक हजार फिट लामो छ ।

१२. ल्याङ्गकावी स्काई ब्रिज, मलेसियाः

जमिनभन्दा चार सय फिट माथि घुमाउरो आकृतिको यो स्काई ब्रिज मर्मतका लागि भनेर पटक–पटक बन्द गरिएको थियो । तर अब यो दुई वर्षपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

११. माउन्ट टिटलिस, स्विटजरल्याण्ड

जमिनभन्दा तीन हजार माथि झुण्डिएको पुलमा बसेर स्विस अल्प हेर्दा तपाईंलाई डर लाग्छ ? लाग्छ भने ठिक छ तर यदि लाग्दैन भने तपाईंमा सायद केही समस्या छ ।

प्रत्येक वर्ष हज्जारौंले यो पुलमा यात्रा गर्छन् र अहिलेका लागि यो संसारको सबैभन्दा सुरक्षित पूलमध्येको एक हो ।

१०. प्युन्ते डि ओजिउला, मेक्सिको

यो पुलमुनी कुनै बेला खानी थियो । अहिले यो पुल पैदल यात्रुले प्रयोग गरिरहेका छन् ।

यो पुल पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हो । यसलाई संसारको सबैभन्दा डरलाग्दो बाटोको रुपमा हेरिएको छ ।

९. क्विपोस ब्रिज, कोस्टा रिका

यो पुल पनि संसारको सबैभन्दा डरलाग्दो पुलमा सूचिकृत छ ।

८. सनसाइन स्काइवे ब्रिज, फ्लोरिडा

सन् १९८० मा यहाँ बनेको पूलमा ट्याङ्क बाँधसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको थियो । उक्त घटनापछि उक्त पूल भत्काएर सन् १९८७ मा यो पूल बनाइएको थियो ।

यो पूल बनेपछि अहिलेसम्म दुई सय बढीले यहाँबाट आत्महत्या गरिसकेका छन् ।

७. इस्हिमा ओहासी ब्रिज, जापान

आफ्नो कारमा रोलर कोस्टर राइडजस्तो महसुस गर्न चाहनुहुन्छ ? तपाईं यो जापानी पूलमा यात्रा गर्नुभयो भने पक्कै यस्तै महसुस हुन्छ होला ।

यो पुल निकै भिरालो र १४४ फिट अग्लो छ । यसैकारण यो निकै डरलाग्दो बनेको छ ।

६. द ब्रिज अफ इम्मोर्टल्स, ह्वाङ्ग साङ्ग चाइना

दुई पहाडको बीचमा बनेको यो पूल हेर्दा मात्रै पनि निकै भयानक छ ।

५. मोन्टोनग्रो रेनफरेष्ट, कोस्टारिका

काठको यो पूल हेर्दा जति आकर्षक देखिएको छ, त्यति नै डरलाग्दो पनि । यहाँ हिँड्दा निकै ध्यान पुर्याउनु पर्छ नभए ज्यान जाने खतरा अत्यधिक छ ।

४. यू–बेन ब्रिज, म्यान्मार

यो पूल निर्माणाधीन होइन, यसको आकार नै यही हो ।

यसको पिलर पानीबाट सिधै माथि निस्किएको छ । यो पूल पनि पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हो ।

३. स्टोरसेइसुन्डेट ब्रिज, नर्वे

नर्वेको यो पूलबारे बयान गरिराख्नुपर्दैन, तस्बिरले नै धेरै कुरा बताउँछ ।

२. क्यारिक–ए–रेदे रोप ब्रिज, नर्दन आयरल्याण्ड

समुन्द्रमाथि बनेको यो पूल निकै डरलाग्दो छ ।

१. सिदु रिभर ब्रिज, चीन

यो पूल संसारको सबैभन्दा अग्लो पूलको रुपमा सूचिकृत छ जसले सान्घाई र चोङ्क्विङ जोड्छ ।

यो पूल सन् २००९ मा सय मिलियन डलरमा बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप