चेल्सी र नापोलीको सानदार जित
एजेन्सी - युरोपा लिगअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा इङ्लिस क्लब चेल्सी र इटालियन सिरि ए क्लब नापोलीले सानदार जित हात पारेका छन् । बिहीबार राति भएको खेलमा चेल्सीले स्विडिस टोली माल्मोलाई २–१ गोलले हरायो भने, नापोलीले स्विट्जरल्यान्डको एफसी जुरिचलाई ३–१ गोलले पराजित गर्यो ।
माल्मोलाई उसैको मैदानमा हराउन रोस बार्कलीले ३० औं मिनेटमा पहिलो गोल गरे । अर्को गोल ५८ औं मिनेटमा ओलिभर गिरोडले गरेका थिए । माल्मोका लागि आन्द्रेस क्रिस्टिन्सनले ८० औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । प्रिमियर लिगको अघिल्लो खेलमा म्यानचेस्टर सिटीसँग ६–० गोलको जज्जास्पद हार खेपेको चेल्सीका प्रशिक्षक माउरिजियो सारीललाई यस जितले केही राहत मिलेको छ । चेल्सीले अहिले सारीको विकल्प खोजिरहेको हल्ला चलेको छ ।
यसैगरी नापोलीको जितमा लोरेन्जो इनसिग्नेले ११ औं मिनेटमा खाता खोले । जोस मारिया कलेजोनले २१ औं र पिओटर जेलिन्स्कीले ७७ औं मिनेटमा एक एक गोल थपेका थिए । जुरिचका लागि ८३ औं मिनेटमा वेन्जामिन कोलोलीले सान्त्वना गोल गरेका थिए ।
अन्य खेलमा भिल्लारियलले स्पोर्टिङ सीपीलाई १–० गोलले हरायो । इङ्लिस क्लब आर्सनल भने कमजोर टोली बेलारुसको बेट बोरिसोभसँग १–० गोलले पराजित भयो । अर्को स्पेनिस क्लब सेभिल्लाले इटालियन बलियो प्रतिद्वन्द्वी लाजियोलाई उसैको मैदानमा १–० गोलले हरायो । इन्टरले र्यापिड विनलाई १–० गोलले हरायो । रियल बेटिस रेन्ससँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?