बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हिरो गोल्डकपः उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

शुक्रबार, ०३ फागुन २०७५, ०८ : ५५
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप उपाधिका आज (शुक्रबार) साँझ नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले बलियो टोली इरानलाई ३–० गोलले हराएर फाइनलमा पुगेको हो । म्यानमारले आयोजक भारतलाई २–० गोलले पराजित गरेपछि नेपालको फाइनल यात्रा सम्भव भएको थियो । 

लिग चरणमा सबै खेल जितेको म्यानमार समूह विजेता बन्यो । दुई जित र एक हार खेपेको नेपालले उपविजेताको रुपमा फाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको थियो । त्यसैले फाइनलमा नेपाललाई म्यानमारसँग बदला लिने राम्रो मौका मिलेको छ । 

नेपालले यस प्रतियोगितामा जाइन्ट किलरको छवि बनाएको छ । 

भारतलाई पहिलो पटक हराउँदै इतिहास बनाएको नेपाली टोलीले यसपटक उपाधि लिएर फर्कने दावी गरेको छ । 

नेपालको बिराटनगरका यही फागुन २८ देखि चैत ८ गतेसम्म आयोजना हुने पाँचौं मिहलासाफ च्याम्पियनसिपको तयारीका लागि भारतले हिरो गोल्डकप आयोजना गरेको हो । शहिद रंगशालामा हुने महिला साफको समूह विभाजन यसअघिनै भई सकेको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

नेपाली महिला टोलीले तीनमहिना अघि मात्र सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो । दोस्रो चरणको खेल तालिका पनि भर्खर सार्वजनिक भएको छ । आगामी अप्रिल १ देखि ९ तारिखसम्म म्यानमारमा हुने दोस्रो चरणको छनोट खेलमा नेपाल ‘ए’ मा परेको छ । 

समूहमा नेपालसँगै आयोजक म्यानमार, भारत र इन्डोनेसिया छन् । नेपालले अहिले हिरो गोल्डकपमा भारत र म्यानमारसँग खेल्न पाएकाले ओलम्पिक छनोटका लागि थप बल पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप