काठमाडाैंमै पाँच वर्षदेखि फोहोर उठेन
शुक्रबार, ०३ फागुन २०७५, ०७ : ५७
काठमाडौं - काठमाडौं महानगरपालिका, ६ स्थित बौद्ध परिर्वतन मार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर उठ्न सकेको छैन् । उक्त मार्गको करिब ४ रोपनी क्षेत्रफलको खाली जग्गामा हिँडडुल गर्ने सर्वसाधारणलाई फोहोर फालेपछि सरोकारवालाले चासो नदिँदा अहिले फाहोर थुप्रिएको हो ।
परिवर्तन मार्गमा बस्दै आएका राजकुमार लामाले फोहोरको दुर्गन्धमा रुमलिएर बस्न बाध्य भएको बताए । ‘म बस्दै आएको करिब पाँच वर्ष भयो,’ उनले भने, ‘यो जग्गामा फालिएको फोहोर अहिलेसम्म उठ्न सकेको छैन । फोहोरको दुर्थन्धले बस्न सकिरहेका छैनौँ । तर, सरोकारवाला निकायले यसलाइ बेवास्ता गरिरहेको छ ।’
बौद्ध विकास समितिले २०७१ असारमा उक्त मार्गको पुर्ननिर्माण गरिएको भनी सोही मार्गमा राखिएको बोर्डमा उल्लेख छ । उक्त मार्ग हुँदै बौद्ध स्तुप र जोरपाटी चोक जान सकिन्छ । यो समाचार नागरिकमा श्याम राईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार