शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साथीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने किशोरी परिन् प्रहरी फन्दामा

बिहीबार, ०२ फागुन २०७५, २१ : १९
बिहीबार, ०२ फागुन २०७५

डोटी । साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्दै अश्लील कुरा सामाजिक सञ्जालमार्फत गर्ने गरेको भन्दै उनका नाममा पीडित महिलाले अपराध महाशाखा काठमाडौँमा मुद्दा हालेकी थिइन् । 

पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । 

घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाडौं हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताए । 

जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ 

डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

घरमा एक्लै भएको मौका छोपी सोमबार राति करीब १० बजेको समयमा जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ । 

पीडित बालिकाको बयानका आधारमा उनको घरमा सुत्ने ठाउँ नजिकै सानो झ्याल भएको र सोही झ्यालबाट आफ्नो संवेदनशील अङ्गमा हात हालेको बताएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताए । 

यस विषयमा आरोपित खड्कबहादुर मगरले आफ्नो घरमा फिरन्ते व्यापारी चार जना जुम्ली आएको र उनीहरुले लोकल कुखुरा खाने भनेपछि उनलाई ब्युँझाउन झ्यालबाट हात हालेको बताएको प्रहरी प्रवक्ता तथा धाँमीले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि आरोप प्रमाणित भए मुद्दा चलाइने डोटी प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप