होस् गर्नुहोस्, रोमान्स फ्रडमा फस्नुहोला, बर्षेनी ७.२ अर्बको ठगी
एजेन्सी । ब्रिटेनको प्रहरी रिपोर्टिङ सेन्टर ‘एक्सन फ्रड’ ले ‘भ्यालेन्टाइन डे’ अघि मायाको खोजमा रहेका मानिसहरुबारेमा रोचक र डरलाग्दो तथ्याकं सार्वजनिक गरेको छ ।
यी तथ्याकंहरुका अनुसार त्यहाँ वार्षिक ५ करोड पाउण्ड (लगभग ७.२ अर्ब रुपैयाँ) ‘रोमान्स फ्रड’को नाममा ठगी हुने गरेको छ ।
‘रोमान्स फ्रड’ भन्नाले ‘डेटिङ एप’ वा सामाजिक सञ्जालका वेबसाइटहरुमा जाली प्रोफाइल बनाएर कसैसँग सम्बन्ध बनाउने र छलकपट पूर्ण रुपमा पैसा फुत्काएर बेपत्ता हुने कार्य हो ।
पुरुषभन्दा महिला बढी सिकार
पीडितहरु आफ्नो लागि उपयुक्त पार्टनर पाएको सोच्ने तर दोषीले उक्त विश्वासको प्रयोग गरेर पैसा माग्छन् । अथवा उनीहरुले पीडितबाट यति धेरै नीजि जानकारी हासिल गर्छन् कि उनीहरु पीडितको आईडी चोर्न सक्छन् ।
नयाँ तथ्याकंका अनुसार सन् २०१८ मा ब्रिटेनमा ‘रोमान्स फ्रड’सँग जोडिएको ४,५५५ रिपोर्ट दर्ता गरिएको थियो । यी सबै मामलामा पीडितहरुलाई कुल ७.२ अर्ब रुपैयाँ चूना लाग्यो ।
यो संख्या सन् २०१७ को तुलनामा २७% बढी हो । रिपोर्ट अनुसार ‘रोमान्स फ्रड’को सिकार हुने मध्ये ६३% महिला छन् । यीनीहरुको औसत उमेर ५० वर्ष छ ।
पीडितहरुमध्ये ४२ %ले यस्ता घटनामा परेपछि धनको नोक्सानको अतिरिक्त उनीहरुको स्वास्थमा असर पुग्ने गरेको स्वीकार गरेका छन् ।
‘एक्सन फ्रड’को टिमले ‘डेट सेफ’ नामक ग्रुपसँग मिलेर ब्रिटेनका मानिसहरुलाई यस्तो ठगिमा पर्नबाट बचाउनको लागि जागरुकता कार्यक्रम पनि चलाइरहेको छ ।
‘डेट सेफ’ ग्रुपमा लण्डन प्रहरी, गेट सेफ अनलाइन, मेट्रोपोलिटन प्रहरी, एज यूके, भिक्टिम सपोर्टजस्ता अर्गनाइजेशन पनि सामेल छन् ।
प्रहरीले ‘एक्सन फ्रड’ मामिलाका पीडितहरुको मद्दतको पूरा कोसिस गर्ने गर्छ तर आम रुपमा लुटिएको रकम फिर्ता गर्न सक्दैन ।
यस्तो यो कारणले हुन्छ किनकि अपराधी सामान्यतया आफ्नो असली पहिचान कहिले पनि व्यक्त गर्दैन । ती डेटिङ एप वा समाजिक सञ्जाल वेबसाइट प्रयोग गर्नको लागि तीनले आफ्नो आईपीमा ‘माक्स’ प्रयोग गर्छन् ।
अनलाइन रोमान्स फ्रडबाट बच्ने पाँच जरुरी सुझाव
–अनलाईन गफकै आधारमा सम्बन्ध नबनाउनुस् । प्रोफाइलको साटो व्यक्तिलाई जान्ने कोसिस गर्नुस् । सम्बन्ध बनाउने व्यक्तिको बारेमा जानकारी बटुल्न धेरैभन्दा धेरै प्रश्नहरु सोध्नुस् ।
–प्रोफाइलमा जुन नाम र फोटो छ त्यसलाई सर्च इन्जिनमा सर्च गरेर हेर्नुस् ।
–साथी र परिवारसँग आफ्नो डेटिङ चाहनाबारेमा कुरा गर्नुस् । अनलाईनमा आफ्नाबारेमा कुरा नगर्नेसँग केही नबताउनुस् ।
–अनलाइनमा मात्र भेटिएका व्यक्तिहरुलाई पैसा नपठाउनुस् र साथै उनीहरुसँग आफ्नो बैकिङ डिटेल पनि शेयर नगर्नुस् ।
–पहिलो भेटघाट कुनै सार्वजनिक स्थानमै गर्नुस् । आफ्ना मित्र अथवा आफन्तहरुमध्ये कसैलाई यस भेटबारेमा पहिले नै बताउनुस् । खतरा महसुस भएमा तत्काल प्रहरीलाई सूचित गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने