बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतको सबैभन्दा तीव्र रेल भनेर मन्त्रीले पोष्ट गरेको भिडियोको स्पीड बढाइएको पाएपछि...

बिहीबार, ०२ फागुन २०७५, १९ : ५४
बिहीबार, ०२ फागुन २०७५

एजेन्सी । आइतबार भारतका केन्द्रीय रेलमन्त्री पियुस गोयलले ‘बन्दे भारत एक्स्प्रेस’को एक भिडियो पोष्ट गरे । 

भिडियोसँगै उनले लेखेका छन्, ‘यो एक पन्क्षी हो...यो एक जहाज हो...भारतको पहिलो अर्ध–उच्च गति बन्दे भारत एक्सप्रेस बिजुली गतिमा नजिकिदैं गरेको हेर्नुस् । यसलाई ‘मेक इन इण्डिया’ अग्रसरता अन्तर्गत निर्माण गरिएको हो ।’

भिडियो गोयलको आधिकारिक ट्वीटरका साथै उनको आधिकारिक फेसबुकमा पनि शेयर गरिएको छ । 

हाल आएर रेलको गति यथार्थमा भएकोभन्दा तीब्र देखाउन भिडियोलाई दुई गुणा छिटो बनाइएको पाइएको छ । 

यस रहस्योद्घाटन पछि भारतीय समाजिक सञ्जालमा मन्त्री गोयल हाँसोको पात्र भइरहेका छन् । 

गोयलको आधिकारिक फेसबुकमा भिडियो आएपछि एक प्रयोगकर्ताले कमेन्ट गर्दै सो भिडियो आफूले डिसेम्बरमा खिचेको तर भिडियोको स्पीड दोब्बर बनाइएको लेखेका थिए । 

फेक न्यूज र समाजिक सञ्जालमा आएका हल्लाको फण्डाफोर गर्ने भारतीय बेवसाइट एल्टन्यूजडटइनले भिडियोमा छेडखानी भएको पत्ता लगाएको छ । 

‘बन्दे भारत एक्सप्रेस’ भारतको सबैभन्दा तीव्र गतिको रेलसेवा हो । दिल्ली र धार्मिक सहर वराणासी जोड्ने यस रेलसेवा शुक्रबारबाट सुचारु हुँदैछ । 

भिडियोमा छेडखानी गरिएको पत्ता लाग्नु पहिले भिडियो सत्तारुढ भाजपाका कयैन ठूला नेताहरुले रिट्वीट गरिसकेको थिए । साथै सोही ट्वीटलाई समेटर सरकार समर्थित मानिने चर्चित पत्रकार अरनव गोश्वामीको रिपब्लिक टिभीले एक समाचार दिएको थियो । 

गोयल नरेन्द्र मोदीको सरकारमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने मन्त्रीका रुपमा गनिन्छन् । उनले भारतीय सरकारको सन् २०२० सम्म २२७ गिगावाट नविकरणीय उर्जा उत्पादन गर्ने महत्वकांक्षी योजनाको पहिलो चरणको निगरानी गरेका थिए । 

तर सामाजिक सञ्जालमा पोष्ट गर्ने मामलामा भने गोयलको प्रर्दशन राम्रो छैन । सन् २०१७ अगष्टमा उनले लहरै एलईडी बत्ति भएको एक राजमार्गको तस्विर शेयर गर्दै तस्विरमुनी आफ्नो सरकारको पालामा भारतका सडकमा भएको उज्यालो भनेर लेखेका थिए । तर केहीपछि नै उक्त तस्विर भारतको नभएर रुसको सडकको पत्ता लागेको थियो ।  

आफ्नो तस्बिर गलत निस्किएपछि उक्त समय उनले लेखेका थिए, ‘अघिल्लो तस्विरमा रहेको गल्ती औंल्याइदिनुभएकोमा धन्यावाद । हामीहरु सडकलाई प्रकाशित गर्छौं, समाजिक सञ्जालले तथ्यमा प्रकास पारेर सुधार्न गर्न सहयोग गर्छ ।’

सोही वर्ष उनले कोइला खानीको एक तस्विर ट्वीट गरेर तस्विरमुनि उनको सरकारले विदेशी कोइला आयात घटाइरहेको भनेर लेखेका थिए । 

तर उक्त तस्विर एम्नेष्टी इन्टरनेशनलको त्यो रिपोर्टको रहेको पत्ता लाग्यो जसमा भारतीय सरकारको खानी नीतिको आलोचना गरेको थियो । रमाइलो कुरा उक्त रिपोर्टलाई गोयल आफैँले ‘पूर्णरुपमा आधाहिन’ बताएका थिए । पछि गोयलले सो ट्वीट डिलिट गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप