बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘रोमान्टिक छु’ भन्दै प्रियंकाले गरिन् नृत्य

बिहीबार, ०२ फागुन २०७५, १९ : ४६
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं । गायक आशिष गौतमको ‘रोमान्टिक छु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आशिष र अञ्जु पन्तको स्वरमा रहेको यो रोमान्टिक गीतको भिडियोमा अभिनेत्री प्रियंकाले दमदार नृत्य गरेकी छन् । जसमा उनलाई भिजु पार्कीले अभिनयमा साथ दिएका छन् ।

नृपेश उप्रेतीका शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा गम्भिर विष्टको कोरियोग्राफी छ । भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् ।

गायक आशिषको यस अगाडिको गीत ‘पिरिम नलाउने’ युट्युबमा करिब ३ करोड दर्शकको माया पाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप