मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकका थप ५ शाखा रहित बैकिङ्ग सेवा संचालनमा

बिहीबार, ०२ फागुन २०७५, १९ : ११
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग  सेवा पुर्याइरहेको छ ।  यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप