कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृतद्वारा “दोहा घोषणापत्र”को समर्थन
बिहीबार, ०२ फागुन २०७५, १८ : ५९
कतार – कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले “दोहा घोषणापत्र” प्रकाशनको स्वागत गरेका छन् । जसमा वर्तमान उड्डयन नियामक ढाँचाको गम्भीरतापूर्वक पुनरावलोकनको आवश्यकता देखिने बताइएको छ ।
दोहामा आयोजित सी.ए.पी.ए कतार उड्डयन हवाई तथा नियामक सम्मेलन (कतार एभिएशन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट) को समाप्तिमा घोषणा गरिएको उक्त घोषणापत्रको ऐतिहासिक सिकागो सम्मेलनको ७५ वर्षपछि आगमन भएको हो जसपश्चात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आई.सी.ए.ओ) को साथसाथै हवाई क्षेत्र, हवाई सुरक्षा तथा हवाई यात्राका नियमवालीको स्थापना भएको हो ।
घोषणापत्रका बारेमा बोल्दै कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बकरले भने, “कतार एयरवेज सहृदय यस घोषणापत्रको समर्थन गर्दै विश्वभरका सम्पूर्ण एयरलाइनहरुलाई पनि साथ दिन आग्रह गर्दछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी