बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाको नेमसोल बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच सम्झौता

बिहीबार, ०२ फागुन २०७५, १७ : ५०
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं । दक्षिण कोरियाको नेमसोल विश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच सम्झौता भएको छ । सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने गरि सम्झौता भएको हो । 

अध्ययन गर्न जाने विद्यार्थीलाई पत्रकार मञ्चले सिफारिस गर्नेछ । साथै पत्रकारहरुको क्षमता विकास र वृत्ति विकासका कार्यक्रममा पनि विश्वविद्यालयले सहयोग गर्नेछ । सम्झौता पत्रमा बिश्वविद्यालयको तर्फबाट अध्यक्ष डा. यून सियोङ् योङ् र मञ्चकोतर्फबाट अध्यक्ष युवराज विद्रोहीले हस्ताक्षर गरेका थिए । 

सम्झौता पत्रमा आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदानप्रदान हुने, नेपालका विश्वविद्यालयसँग समन्वय गरेर नेमसोल विश्वविद्यालयले सामाजिक कल्याण विषयमा अध्ययन अध्यापन गराउने, पत्रकारहरुलाई अन्तर्राष्ट्रिय रिपोर्टिङमा अभ्यस्त गराउन भ्रमण अवलोकनमा सहभागी गराउने लगायतका बुँदा उल्लेख छन् । 

हस्ताक्षर कार्यक्रममा बोल्दै विश्वविद्यालयकी प्राध्यापक युन सिल किमले नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोविज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा रहेको बताइन् । ‘हामी नेपालका ब्यूटी एण्ड हेल्थ, स्पोर्टस एण्ड हेल्थ, चाइल्ड सोसल वेलफेयर जस्ता बिषयमा अध्यापन गराउन चाहन्छौं । यसका लागि हामीले नेपालका शिक्षा मन्त्रीसँग पनि भेट गरी सकेका छौं,’ उनले भनिन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप