बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाँदै

बिहीबार, ०२ फागुन २०७५, १६ : ४०
बिहीबार, ०२ फागुन २०७५

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लाग्नु भएको विदेश मन्त्रालयले बिहीबार जनाएको छ । 

दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदी अहिले दक्षिण कोरिया जान लाग्नु भएको अधिकारीहरुले जनाएका छन् ।  यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन यसअघि सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आएका थिए । 

मोदीको भ्रमणका क्रममा मोदी र मुनका बीचमा दुई पक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरुले जनाएका छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप