शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन

बिहीबार, ०२ फागुन २०७५, १६ : २३
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं– संसदीय संसदको अर्थ समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।  अर्थ समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले लगानी नबढने गरी मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चालू आर्थिक वर्ष भित्रै सम्पन्न गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

सार्वजनिक खरिद ऐन संशोधन गरेर वा सोभन्दा उत्तम विकल्प खोजी गरि सो खानेपानी आयोजनाको काम लागत नबढने गरी चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । 

समितिले सो खानेपानी आयोजनाको काम सम्झौता विपरित इटालियन सिएमसी कम्पनी छोडेर हिँड्नको कारण खोजी गरी दोषीमाथि कार्वाही गरी एक महिनाभित्र समितिलाई जानकारी गराउन पनि सरकारलाई निर्देश गरेको छ । सभापति दाहालले मेलम्ची खानेपानी आयोजनाको जस्तो नियत अन्य आयोजनाहरुले भोग्नु नपरोस् भनेर आवश्यक कार्य योजना बनाउन पनि सरकारलाई सचेत गराइएको पनि बताए ।

यता, खानेपानी मन्त्रालयले भने मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न करिव ३ अर्ब लाग्ने अनुमान गरेको छ । खानेपानी मन्त्री मगरले सो आयोजनाको बाँकी काम सम्पन्न गर्न करिव ३ अर्ब लाग्ने अनुमान गरिएको जानकारी दिएकी हुन् । उनले सो आयोजनाको कामलाई चालू आर्थिक वर्षभित्र सम्पन्न गराउने गरी सरकारले विभिन्न विकल्पका विषयमा छलफल गरिरहेको पनि बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप