शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने सरकारको निर्णय

बिहीबार, ०२ फागुन २०७५, १६ : ०३
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं–  सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने निर्णय गरेको छ ।   हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले जानकारी दिए ।

बैठकले क्रिकेट खेलाडीलाई जनही ३ लाख र क्रिकेट प्रशिक्षक लाई ५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।  त्यस्तै साफ फुटबल खेलाडीलाई जनही २ लाख र शारीरिक सुगठन प्रतियोगितामा विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई ५ लाख पुरस्कार दिने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए । 

त्यसैगरी बैठकले नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच सम्पन्न मिलेनियम च्यालेञ्ज क्म्प्याक्ट अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप