सिवाईसी अत्तरियाको दोस्रो जित
काठमाडौं– सिवाईसी अत्तरियाले तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । फाप्ला क्रिकेट मैदानमा बिहिबार भएको खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले हरायो ।
दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको एक सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा सबै विकेट गुमाएरु ८२ रनमा समेटिएको थियो । वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीको जितमा सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । सन्दीप सुनारले १५ तथा प्रदिप ऐरी र बिक्रम शोवले समान १४–१४ रन बनाए । विनोद भण्डारी १० रन जोडे ।
रुपन्देहीलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले समान दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय इनिङस खेले । रित गौतम, सन्नी पटेल र सुबेन्धु पाण्डेले समान समना १२–१२ रन बनाए । रुपन्देहीका ललितसिंह भण्डारीले तीन, विक्रम शोबले दुई तथा वसन्त रेग्मी र पुनित मेहेराले एकएक विकेट लिए ।
जितसँगै अत्तरियाले चार अंक जोडेको छ । पहिलो खेलमा अत्तरियाले धनगढी स्टार्सलाई पराजित गरेको थियो । तीन खेलमा पहिलो हार खेपेको रुपन्देहीको पनि चार अंक छ । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा