शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुचो बोकेर यसरी निस्के मन्त्रीहरु राजमार्ग सफाई अभियानमा

बिहीबार, ०२ फागुन २०७५, १३ : ३०
बिहीबार, ०२ फागुन २०७५


बुटवल– प्रदेश ५ मा राजमार्ग सरसफाई अभियान सुरु भएको छ । 

अभियानको मुख्यमन्त्री शंकर पोखरेलले बुटवलस्थित पाखापानीमा फोहोर संकलन गरेर सुरुवात गरेका हुन् । अभियानको सुभारम्भ गर्दै प्रदेश ५ भित्रको राजमार्ग क्षेत्र सफा, सुन्दर बनाउन स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको बताए ।

उनले राजमार्गलाई सफा र सुन्दर बनाइने भन्दै यसमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, कर्मचारीहरु, स्थानीय आमा समुह र बन समुहसगँको सहकार्य रहने बताए । 

प्रदेश नम्बर ५ स्थापना दिवसलाई ३ दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने क्रममा सरसफाई अभियान पनि  राखिएको हो ।  

प्रदेशको बर्दघाटदेखी बाँकेको कोहलपुरसम्मका चोकहरुमा मन्त्रीहरु खटिएर सरसफाईको शुरुवात गरेका थिए । ‘क्निल  प्रदेश’ अभियान अन्र्तगत प्रदेश सरकारले सफाइ अभियान शुरु गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताए ।  

कुन मन्त्रीले कहाँ ?

पाँच नम्बर प्रदेशका १२ जिल्ला मध्ये ७ वटा जिल्ला राजमार्गमा पर्दछन् । प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सवै मन्त्रीहरु कुचो बोकेर खटिएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी कोहलपुर चोक बाँकेबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी कपिलबस्तुको  चन्द्रौटा चोकबाट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी भुरिगाउँको बर्दियाबाट, सामाजिक विकास मन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चोक नवलपरासीबाट सरसफाई अभियानमा सहभागी भएका छन् । उनीहरुले स्थानीय तहसग समन्यन गरेर सरसफाईको कार्यक्रमलाई प्रभावकारी बनाउने भन्दै  निरन्तर रुपमा सरसफाई अभियान जारी  प्रतिवद्धता जनाएका छन् ।

फागुन ३ मा सार्बजनीक बिदा
प्रदेश स्थापना दिवस मनाउन मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रबक्ता बैजनाथ चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको संयोजकत्वमा प्रभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । 

प्रदेश नम्बर ५ स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउन प्रदेश सरकार स्थापना भएको मुख्य दिन फागुन ३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । आन्तरिम मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले फागुन ३ गते बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणबाट बिहान ८ः०० बजे -याली सुरु हुने र बुटवल मण्डपमा मुल समारोह आयोजना गरिने बताए । सो अवसरमा प्रदेश सरकारले प्रकाशन गरेको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने समेत कार्यक्रम रहेको छ ।

यस्तै फागुन ४ गते प्रदेश भित्रका मेडिकल कलेज र सामुदायिक तथा नीजि अस्पताल लगायत सबै स्वास्थ्य संस्थालाई सकभर दुर्गम र विकट स्थानमा रहेका जनतालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले आव्हान गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासीले दिपावली गर्ने तयारी गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप