‘सेयर हालेपछि प्रत्येक वर्ष बैंकको सरह ब्याज’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जनताको जलविद्युतअन्तर्गत अघि बढाउन लागेका आयोजनामा सेयर हालेपछि प्रत्येक वर्ष बैंककै सरज ब्याज दिने बताएका छन् ।
बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सार्वजनिक गर्न लागेको जनताको जलविद्युत् आयोजना कार्यक्रमको उद्घाटनको पूर्वसन्ध्यामा बुधबार आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।
जनताले हालेको जलविद्युत् आयोजनाको प्रतिफल सर्वसाधारणले वर्षौं नपाइरहेको बेला ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारासहित अघि बढाउन लागेका आयोजनामा मन्त्रीले यस्तो घोषणा गरेका छन् ।
‘जनताको जलविद्युत् अन्तर्गत १९ आकर्षक आयोजना अघि बढाउन लागेका छन्, यसमा सेयर हाल्नेले प्रतिफल पाउँछन्,’ उनले भने, ‘सुरुका दिनदेखि नै सेयरमा लगानी गर्ने बित्तिकै बैंकले दिने सरहको ब्याज प्रत्येक वर्ष दिन्छौं ।’
हाल भने सरकारी निकायअन्तर्गत निर्माण भएका र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाले बैंकको ऋण तिरेपछिमात्र प्रतिफल दिने गरेका छन् ।
यो खबर आजको कारोबारमा प्रकाशित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी