मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सकस बन्दै कर्मचारी समायोजन

बिहीबार, ०२ फागुन २०७५, ०६ : ५२
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं - दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीद्वारा शपथ ग्रहण गरिएको दिन फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकै महत्व दिएर प्रचार गरेको थियो । कर्मचारी समायोजका सन्दर्भमा उनले भनेको थियो, ‘२०७५ फागुन ३ भित्र कर्मचारी समायोजनसम्बन्धी सबै काम टुंग्याउँछौँ ।’ सो मन्त्रालयका उच्च कर्मचारीहरुका अभिव्यक्तिहरुमा पनि सो भनाईले निकै प्राथमिकता पाउने गरेको थियो ।

अब फागुन ३ भित्र समायोजन टुंगिने कुनै सम्भावना छैन । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा व्यक्त पुस मसान्तसम्मको समायोजन भाका पनि यसरी नै टरेको थियो । त्यसपछि माघभित्र समायोजन हुने भन्दै हिँडेका मन्त्री पण्डित अहिले फागुनभित्र भन्न थालेका छन् । यो समाचार नागरिकमा भुवन शर्माले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप