ठगी अभियोगमा पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक शिवाकोटी पक्राउ
काठमाडौं । पृथ्वीनारापण क्याम्पस पोखराका सह–प्रध्यापक डा. गोपाल शिवकोटी ‘चिन्तन’ लाई प्रहरील पक्राउ गरेको छ । चिन्तनसहितको समूहले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको बताइएको छ ।
शिवाकोटीसँगै ठगीमा संलग्न नुवाकोट त्रिशुली स्थायी घर भई काठमाडौंको बानियाँटार बस्दै आएका बद्री कुमार थापालाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिए ।
गोपाल शिवाकोटी ‘चिन्तन’ले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमा प्रध्यापन गरेका थिए । कीर्तिपुर बस्दै आएका चिन्तलाई प्रहरीले मंगलबार उनको घरबाट नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान भइरहेको एसएसपी लामाले बताए ।
‘बद्री थापा र गोपाल शिवाकोटीले ६६ जना व्यक्तिहरुबाट ठगी गरेको खुलेको छ’ एसएसपी लामाले भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’
अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विज्ञ समेत रहेका चिन्तनले अमेरिकाबाट एल.एल.एम र पिएचडी गरेका छन् ।
चिन्तनसहितको समूहले ‘मञ्जुश्री एजुकेशन एकेडेमी प्रा.लि.’ को ब्यानरमा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै पूर्व न्यायाधीशहरु र दर्जनौं कानुन व्यवसायीहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।