शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेबनानलाई २० करोड डलर सहयोग

बुधबार, ०१ फागुन २०७५, २० : ३१
बुधबार, ०१ फागुन २०७५

बेरूत । आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य (बेलायत) ले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले मङ्गलबार बताएका छन् । 

लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको भनाइ उद्धृत गर्दै लेबनानी राष्ट्रिय समाचार संस्थाले जनाएको छ, ‘लेबनान र बेलायतबीचको दुईपक्षीय सम्बन्ध यस पहिलेको तुलनामा हालका दिनमा थप मजबुत बनिरहेको छ र बेलायतले लेबनानको अर्थतन्त्रको विकासका लागि थप सहयोग गर्न चाहिरहेको छ ।’ 

रामप्लिङले नयाँ सरकार लेबनानी राजासँगको द्वन्द्वमा निष्पक्ष बन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव १७०१ र १०५९ प्रति प्रतिवद्ध बन्नेमा विश्वास गरे । 

‘हामीले सधै लेबनानको स्थायित्व र सार्वभौमसत्तालाई कूटनीतिक माध्यमबाट सहयोग गर्नेछौँ,’ उनले भने । लेबनानको आर्थिक क्षेत्रमा प्रभाव देखिने गरी गम्भीर सुधारका कामहरू हुनेमा बेलायत आशावादी रहेको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप