केन्द्रीय संस्करण

भोलि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

person explore access_timeफागुन १, २०७५ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री ओली गत वर्ष फागुन ३ गते  प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ