बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

बुधबार, ०१ फागुन २०७५, १९ : ११
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

अब सानीमा लाइफका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए । 

सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनीहरु तथा निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप