बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

बुधबार, ०१ फागुन २०७५, १९ : ००
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–जनता बैंक नेपाल लिमिटेडले आज पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरेको छ । साथै एक सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ । 

पाल्पा जिल्ला रम्भा गाउँपालिका ३ खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको बैंकले जनाएको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउन्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार हुने गरेको छ ।

सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत उक्त काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । योसँगै बंैकको ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप