शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किङ्स लाउन्जको पहिलो शाखा पोखराको लेकसाइडमा

बुधबार, ०१ फागुन २०७५, १८ : ५२
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा पारिवारिक वातावरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागेको हो ।

पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई अझै परिष्कृत रुपमा पोखराका सेवाग्राहीलाई सेवा दिने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । 

काठमाण्डौंको दरबारमार्गमा अवस्थित किङ्स लाउन्जले ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै सेवा विस्तारलाई तिब्र पारेको श्रेष्ठको भनाई छ । यसै गरी प्रेम दिवसको दिन मंगोलियन हर्टले दरबारमार्गस्थित किङ्स लाउन्जमा प्रस्तुती दिने भएको छ । प्रेम दिवशका दिन साँझ ६ बजेदेखि गायक राजु लामाले आफ्नो व्यान्डको साथमा सांगितिक प्रस्तुती दिने छन् । 

नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयंले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने, ग्राहकहरुलाई लाउञ्जको सवारी साधनबाट घरसम्म निःशुल्क पुर्याई दिने ब्यवस्था लाउञ्जले गरेको छ । 

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । लाउञ्जले बिहान ११ बजेदेखि राती साढे १२ बजेसम्म सेवा दिँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप