बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको नाफामा ९५८ प्रतिशतको बृद्धी

बुधबार, ०१ फागुन २०७५, १६ : ४९
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–ज्योति लाइफ इन्स्योरेन्सले चालु आ.व. मा व्यवसाय विस्तारमा उल्लेख्य सफलता हासिल गर्दै दोश्रो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

प्रकाशित वित्तीय विवरणहरुको अध्ययन तथा विश्लेषण गर्दा कम्पनीले अघिल्लो आ.व. को सोही अवधिको तुलनामा ९५८ प्रतिशत वृद्धी गर्दै खुद बीमा शुल्क ३०.९१ करोड आर्जन गर्न सफल भएको छ । दोश्रो त्रयमासमा कम्पनीले अल्पकालिन लगानीको सट्टा दिर्घकालिन लगानीलाई जोड दिएको कारणले दिर्घकालिन लगानीमा ८५ प्रतिशत वृद्धी भएको तथा अल्पकालिन लगानीमा कमी आएको देखिन्छ ।

दिर्घकालिन लगानीमा जोड दिनुलाई दुरदर्शी रणनीतिको रुपमा लिंदै भविष्यमा समेत कम्पनीले आकर्षक प्रतिफल निरन्तर प्राप्त गरिरहने कम्पनीको दावी छ । अघिल्लो आ.व. को सोही अवधिको तुलनामा चालु आ.व. को दोश्रो त्रयमासको अन्त्यसम्ममा कम्पनीको जगेडा कोष ९१ प्रतिशतले वृद्धी भएको छ । 

गत आ.व. को दोश्रो त्रयमासमा जीवन बीमा कोषमा शुन्य रकम रहेकोमा यस त्रयमासमा ३२.८९ करोड रकम रहेकोले कम्पनीको जीबन बीमा कोष पनि मजबुद बन्दै गएको देखिन्छ । कम्पनीको व्यवस्थापन खर्चमा भएको वृद्धीको कारणले खुद मुनाफामा भने गिरावट आइ दोश्रो त्रयमासमा ६.४४ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ३ वटा दाबी वापत १९.३२ लाख रकम भुक्तानी समेत गरिसकेको देखिन्छ । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप